चुनाैती सामना गरे पत्रकार महिलाका लागि ठूलो अवसर


प्रकाशित मिति :2015-06-22 14:06:13

महिला खबर

रुपन्देही, असार ७। पारिवारीक र पेशागत चुनौतीको सामना गर्न सकेे पत्रकार महिलाका लागि थुप्रै अवसर रहेको सरोकारवालाले बताएका छन्। सञ्चारिका समूह नेपालले आईतबार बुटवलमा आयोजना गरेको छलफलमा सहभागी लुम्बिनी अञ्चलका सम्पादक तथा व्यवस्थापकहरूले अरु पेशाको तुलनामा पत्रकारिता बढी जोखिमपूर्ण पेसा भएकाले योसँग जुध्न सके उनीहरु यो पेसामा टिक्न सक्ने बताए।

सूचना तथा स्रोतँंग नियमित अपडेट भइरहन पनि उनीहरूकोे सुझाव थियो। महिला भएकै कारण हुने पारिवारीक जिम्मेवारी , सामाजिक दृष्टिकोणलगायतको सामन्जस्यता मिलाउन उनीहरूलाई कठिनाइ रहेको बताए। पत्रकार महिलाको संख्या बढाउन र उनीहरूलाई टिकाउन समस्या भएको भन्दै उनीहरूले यसकालागि विशेष कार्यक्रम ल्याउन सरोकावाला निकायलाई आग्रह गरे। पत्रकार महिलाको क्षमता विकासका लागि लेखनवृत्ति र रोजगारीसहितका व्यावसायिक तालिम आवश्यक रहेको उनीहरूले बताए।

चुनौतीका बाबजुद पनि जिल्लाका केही पत्रकार महिलाले राष्ट्रिय सञ्चारमाध्यममा देखाएको प्रतिभा र व्यावसायिकतालाई अरुले समेत सिको गर्नुपर्ने सुझाव सम्पादकहरूले दिएका थिए। कार्यक्रममा न्युनतम पारिश्रमिक समितिमा सदस्य दिपक ज्ञवाली, इन्दिरा अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलगायतले रुपन्देहीमा पत्रकार महिलाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बोल्दै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले अन्यायविरुद्ध लाग्ने सञ्चारमाध्ययमले आफ्नै संचारगृहमा पुरुष र महिला पत्रकारमा भेदभाव गर्न नहुने बताउनुभयो। उहाँले सबै क्षेत्रमा आरक्षणको व्यवस्था भएकाले सञ्चारमाध्ययममा पनि आरक्षण गरेरै भएपनि पत्रकार महिलाको संख्या र क्षमता बढाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रमपछि पत्रकार महिलासंग भएको छुट्टै छलफलमा सञ्चारगृहले उचित अवसर, प्रोत्साहन र जिम्मेवारी नदिँदा पत्रकार महिला सञ्चारमाध्ययमबाट पलायन हुने अवस्था आएको बताए। समान तहमा पनि असमान पारिश्रमीक, काम गर्ने समयको भेदभाव, स्थायित्वको समस्याले पत्रकार महिलालाई समस्या परेको उनीहरूले बताए।

घर र कार्यालयको काम गर्नुपर्ने दोहोरो जिम्मेवारी र जोखिमपूर्ण कामका कारण पनि पत्रकार महिलालाई पेशामा टिकीरहन समस्या भएको बताउदै उनीहरूले सञ्चारमाध्ययम र समाज महिलाअनुकूल हुने हो भने पुरुष पत्रकारसँगको प्रतिस्पर्धामा अगाडि आउने बताए।

छलफल कार्यक्रममा पत्रकार महिलाको अवस्था बारेका अनुसन्धानदाता टंक अर्यालले प्रश्नोत्तर गराउनुभएको थियो। यसअघि छुट्टाछुट्टै फारम भराएर अनुसन्धान गराएको सञ्चारिका समूहले अब देशभरका पत्रकार महिला र सम्पादक तथा प्रवन्धकसँग छलफल गरी पत्रकार महिलाको संख्या र अवस्था बारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछ।

प्रकाशित मितिः २०७२ असार ७ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: