सीप सिकेर मात्रै आत्मनिर्भर भइँदैन


जलकुम्भी झारबाट हस्तकला

प्रकाशित मिति :2015-06-18 12:41:15

महिला खबर

पोखरा,असार ३ । पोखरा उप–महानगर पालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाले सीप सिकेर र जानेर मात्रै आत्मनिर्भर हुन नसकिने बताउँनुभएको छ ।

कास्कीको हस्तकला संघ र नमुना आमा समूहले आयोजना गरेको १५ दिने सिप मुलक तालिम उद्घाटनमा राना मगरले उप–महानगर पालिकाको धेरै बजेट महिला सशक्तिकरणका लागि छुट्टयाएपनि महिलाले एकैखाले तालिम धेरै पटक लिएर व्यवसायीक हुन नसकेको बताउनुभयो ।

जलकुम्भी झारबाट निकै निकै आकर्षक सामान बनाउन सकिनेहुनाले यहाँ सिकेको सीपलाई व्यवसायीक बनाएर अघि बढन उहाँले तालिममा सहभागीलाई सुझाव दिनुभयो ।

उपाध्यक्ष मीनराज काफ्लेले फेवातालमा प्रदुषणका रुपमा रहेको जलकुम्भीबाट हस्तकलाका सामान बनाएर यसैबाट व्यवसायी बन्न सक्नु निकै सकारात्मक भएको बताउनुभयो ।

11406603_509557745862113_689271721483422501_n

नमुना आमा समूहका अध्यक्ष कालिका थापाले पारिवारीक जिम्मेवारी र भूमिकाले गर्दा चाहेर पनि महिला उद्यमी हुन नसकेको बताउनुभयो । जलकुम्भी झारबाट हस्तकला सामग्री बनाउन १५ दिन सिकाएपछि उनीहरूलाई व्यवसायीक बनाउन क्रियाशिल हुने वचन थापाले दिनुभयो ।

पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जलकुम्भी झारबाट बनाएका हस्तकलाका सामानको स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत माग भएकाले उत्पादित सामानको वजारीकरणको जिम्मा आफूहरूले लिन तयार भएको बताउनुभयो । सो तालिममा २१ जना महिलाको सहभागिता रहेको छ ।

प्रकाशित मितिः २०७२ असार ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना

सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: