यसरी जाेगिइन बेचिनबाट प्रहरीकी बहिनी


प्रकाशित मिति :2015-06-17 14:53:42

महिला खबर

भक्तपुर, असार २ । भारत पुगेर बेचिन लागेकी एक महिलालाई भक्तपुर प्रहरीले उद्धार गरेको छ । सिन्धुपाल्चोक थाङ्पाल्कोटकी एक महिलालाई भक्तपुर प्रहरीले उद्धार गरी फिर्ता ल्याएको हो।

भक्तपुरबाट गत जेठ १८ गते नुवाकोट जिल्ला शिखरबेँसी गाविसका १७ वर्षीय सुमन तामाङले ती महिलालाई  भारत पुर्‍याएपछि प्रहरीले उद्धार गरी जेठ २६ फर्काएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुरको व्याँसीस्थित प्राइम अफ्सेट प्रेसमा दुई वर्षदेखि काम गर्दै आएकी महिलालाई सोही प्रेसमा काम गर्ने तामाङले बिहे गर्छु भन्दै घुमाउन लाने बहानामा भारत पुर्‍याएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

फर्काइएकी महिलाले आफूसँग प्रेम गर्छु भनेर फकाई घुम्न जाने बहानामा उसले भारत पुर्‍याएको बताइन् । ’अब विवाह गर्ने, पहिला कपडा किनेर घुम्न जाउँ भनेर एकरात काठमाडौंकाे होटलमा राखेपछि भोलिपल्ट कलङ्कीबाट बस चढेर चितवन लगेको र पछि घुम्न जाने भन्दै भारत पुर्‍याइयो उनले भनिन्।

सीमामा पुगेपछि एक जना मामा भन्ने र अन्य चारजना एउटै बसमा भारत गएको उनले बताइन् । उनले भनिन् ‘भारत जान्न भन्दा बिहे गरेर भारतमै बस्ने, दुईवर्ष उतै काम गरेर फर्कौंला भन्यो, भोक लाग्यो भन्दा गाडीमा खानेकुरा ल्याइदिन्थ्यो, शौचालय जाँदा पनि मास्क लगाएर सलले अनुहार छोप्न लगाउँथ्यो।’

उनलाई सिलिगुढी हुँदै मेघालयको सिलोङ लाडुङवाई तिनालीमा एक होटलमा पुर्‍याएपछि नेपाली भाषी सङ्गीता श्रेष्ठको सहयोगमा उद्धार गरेको प्रहरीको भनाइ छ ।

एक नेपाली भाषी महिलालाई बुझाउने क्रममा जान नमानेपछि सङ्गीतासहितका स्थानीय नेपाली भाषीले सोधपुछ गरेर प्रहरीलाई खबर गर्ने भनेपछि सबै भागेकाे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

उनका दाजु भक्तपुर प्रहरी परिसरमा कार्यरत छन् । बहिनीका बारेमा सङ्गीताले फोन गरेर जानकारी दिएपछि दाजुसहित दुईजनाको टोली २३ गते भारत गएर उद्धार गरेर ल्याएको थियो ।

प्रकाशित मितिः २०७२ असार २ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: