सञ्चारिका समूहका अध्यक्ष शर्मा सम्मानित


प्रकाशित मिति :2015-06-14 12:27:24

महिला खबर

कास्की ३१, जेठ । महिला सशक्तिकरणसँगै महिला हिंसा न्यूनिकरणमा सञ्चारक्षेत्रबाट अतुलनिय भूमिका खेलेको भन्दै गण्डकी लायन्स क्लब पोखराले सञ्चारिका समूह नेपालका अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ ।

शर्मालाई प्रमुख अतिथि लायन्स क्लव अन्तराष्ट्रिय जिल्ला ३२५ बी १ का जिल्ला गर्भनर एम.जे.एफ भूगोल शेरचनले सम्मान गर्नुभएको थियो ।

 प्रमुख अतिथि शेरचनले शर्माले सञ्चार क्षेत्रको माध्यमबाट महिलाको सशक्तिकरणसँगै महिला हिंसा न्यूनिकरणमा खेलेको भूमिका अतुलनिय रहेकाले शर्मा सम्मानको उत्कृष्ट पात्र रहेको बताउनुभयो । शेरचनले शर्मालाई सम्मान गर्न पाउँदा क्लव गौरवान्वित भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।IMG_8060

सम्मान गर्न अायाेजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा अनवरत लागिरहँदा आफ्नै जन्मथलोमा प्राप्त सम्मानले अझै सशक्त भएर लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

उहाँले पत्रकारितामा महिलाका समस्या र चुनौतीका बाबजुद यस क्षेत्रलाई निरन्तरता दिँदै अगाडि बढ्न सक्नु नै आफ्नो सफलता रहेको बताउनुभयो । यसले आफू मात्रै होइन, सम्पूर्ण पत्रकार महिला सम्मानित भएको महसुस गराएको शर्माले बताउनुभयो ।

कास्कीमा जन्मनु भएकी शर्मा अहिले सञ्चारिका समूह नेपालका अध्यक्ष तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समकोणका  निर्माता एवं प्रस्तोता हुनुहुन्छ ।

549345_862755413794196_6216023674375163764_n - Copy

 सम्मान गर्न अायाेजित कार्यक्रममा लायन्स क्लब गण्डकीका अध्यक्ष लायन मन्जु पन्त, पूर्व अध्यक्ष लायन पुजन शाक्य, लायन शारदा पराजुली, डिष्ट्रिकका कोषाध्यक्ष लायन निरा बज्राचार्य, पीएसिसि लायन प्रेम बहादुर श्रेष्ठ र लायन दुर्गा खनाललगायतका व्यक्तित्वले शुभकामना दिनुभएको थियो । पुरस्कारको राशी  २५ हजार   रुपैयाँ रहेकाे छ ।

प्रकाशित मितिः२०७२ जेठ ३१ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: