गर्भ जाँच गराउनेलाई सल उपहार


प्रकाशित मिति :2015-06-12 16:20:28

महिला खवर
नेपालगन्ज,जेठ २९ । सुरक्षित प्रसुति सेवामा सुधार ल्याउन बाँकेको गनापुर स्वास्थ्य चौकीले नियमित रुपमा गर्भको अवस्थाबारे जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप सल उपहार दिने भएको छ ।

सुरक्षित प्रसुती गराउने उद्धेश्यले स्वास्थ्यचौकीले महिलालाई सल उपहार दिने योजना बनाएको स्वास्थ्यचौकीका ईञ्चार्ज प्रकाशजंग हमालले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीले नियमित प्रसुती सेवा सञ्चालन गर्ने, गठित बिभिन्न समितिहरुलाई सक्रिय पार्ने, सेवा, सुबिधा बारे सेवाप्रदायक र सेवाग्राहीहरू बिच चौमासिक अन्तत्र्रिmया गर्ने, गाबिसका ९ वटै वडाहरूमा स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना समेत तय गरेको छ ।

बाँकेमा सुरक्षित प्रसुति सेवामा सुधार ल्याउन स्वास्थ्य चौकीमार्फत गर्भवती तथा सुत्केरी महिलालाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक नगेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ जेठ २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: