महिला बेचबिखन हुन नदिन पश्चिमी नाकामा कडाई


प्रकाशित मिति :2015-06-09 10:37:15

–लोग्शरी कुँवर–

कैलाली । भुकम्प पश्चात नेपालका बिभिन्न जिल्लाहरुबाट महिला तथा बालबालिका बेचबिखन हुन थालेका समाचारहरु आउन थालेपछि नेपालको पश्चिमी सीमा नाकाहरुमा कडाई गर्न थालिएको छ ।

मानब बेचबिखन बिरुद्ध कार्यरत संस्था शान्ति पुनस्र्थापना गृहले पश्चिमी सीमा नाका धनगढी लगायत खुल्ला सीमावर्ती गाविसहरुमा सिमा निगरानी कार्यक्रम मार्फत कडाई गर्न थालेको हो ।

भारतीय बजार गौरीफन्टाबाट जाँदै गरेका बसमा अनुगमन गर्दै कर्मचारी ।

गृहका कर्मचारीहरुले भारतीय सीमा क्षेत्रको बसपार्क गौरीफन्टाबाट दिल्ली लगाएत बिभिन्न ठाउँहरुको लागि छुट्ने बसहरुमा पनि थप निगरानी बढाएको जानकारी दिएको छ ।

धनगढी सीमाबाट भारत जाने नेपाली महिला तथा बालबालिकाहरुलाई बिशेष निगरानी गर्दै जोखिमपुर्ण अबस्थामा जान लागेको पहिचान भएपछि परिवारसंग सम्पर्क गरी जिम्मा लगाउने काम गरिरहेको गरिएको शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक बासुदेव भट्टराईले जानकारी दिए ।

भुकम्प प्रभाबित जिल्लाहरुबाट बालबालिका तथा महिलाहरुलाई दलालहरुले विभिन्न आश्वासन दिएर सहज रुपमा आफ्नो पञ्जामा पारी बेचबिखनका लागि पश्चिमी नाकाहरु प्रयोग गर्न सक्ने भएकाले सिमामा कडाई गरिएको उनले बताए ।

यसैबिच संस्थाले कैलालीको खुल्ला सिमावर्ती गाबिसहरुका स्थानियहरुलाई पनि सजग गराएको छ ।

मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरि स्थानियहरुलाई सचेत गराएको गृहले जनाएको छ ।

संस्थाले गत श्रावण महिना देखि हालसम्म ३५ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ । भने ३ जना दलाल बिरुद्ध मानब बेचबिखन तथा ओसार पसार ऐन २०६४ अनुसार कार्वाही प्रक्रिया अगाडी बढाएको छ ।

मानब बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अनुसार मानिस किन्ने वा बेच्नेलाई बिस बर्ष कैद र दुईलाख जरिवाना तोकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: