प्रसूती कक्षमा वेडको अभाव हुँदा सुत्केरीलाई समस्या


प्रकाशित मिति :2015-06-07 12:53:20

महिला खवर

कैलाली, जेठ २४। सेती अञ्चल अस्पताल कैलालीको प्रसूति कक्षमा वेडको अभाव भएपछि सुत्केरी महिलालाई समस्या भएको छ। प्रसूती कक्षमा एउटै वेडमा दुईजना सुत्केरी राखेर उपचार गर्नुपर्दा यस्तो समस्या भएको हो।चर्को गर्मीमा एउटै वेडमा दुईजना सुत्केरी र शिशु राखेर उपचार गराउँदा आफूहरूको स्वास्थ्य चेकजाँचमा समस्या भएको सुत्केरीहरूले बताएका छन्।

सेवा लिन अस्पताल पुग्ने सुत्केरी र तिनका कुरुवाप्रति कर्मचारीले समेत रुखो व्यवहार गरेको उनीहरूले बताए। ‘सुत्केरी र शिशुको स्वास्थ्य जाँच पनि समयमै हुँदैन, डाक्टर बोलाइदिन आग्रह गर्दा वार्डका महिला कर्मचारीले रुखो व्यवहार गर्छन्’, डोटीबाट अस्पताल आएका पदमबहादुर बुढामगरले गुनासो गर्नुभयो।

अस्पतालमा सुत्केरीको चाप बढ्दा महिलाको सहज उपचारमा समस्या भएकोे अस्पताल कर्मचारीले स्वीकारे। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले यो महिनामा सुत्केरी हुनेको चाप बढेकाले वेडको अभाव भए पनि उपचारमा कुनै कमी हुन नदिइएको दावी गर्नुभयो। अञ्चल अस्पतालको प्रसूति वार्डमा ७३ वडा वेड छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: