पीडामा परेकाहरू पेट भन्दा मन भर्न चाहन्छन्ःकोमल वली


प्रकाशित मिति :2015-06-05 12:01:44

 

जनताले मलाई भूगर्भवीदलाई जस्तै प्रश्न सोध्थे । काभ्रेकी एउटी आठ वर्षीया नानीले सोधिन् ‘यो कति वेरसम्म आउँछ आन्टी ? प्लिज भूकम्प आउन बन्द गराईदिनुस न ।’ गायिका तथा सञ्चारकर्मी वलिले भनिन् ‘यो सुनेपछि मन भारी भएर आयो । रेडियोमा बोल्दै थिएँ, मन खोलेर रुन पनि सकिनँ ।’  महिला खबर डटकमले वलीसँग गरेको कुराकानी ।

 

?????????????

 भूकम्प गएको दिन (वैशाख १२ गते) रेडियो नेपालमा कति घण्टा बोल्नु भो ?
वैशाख १२ गते बेलुका ६ देखि १३ गते विहान ७ बजेसम्म लगातार १३ घण्टा बोलीरहेँ ।

यतिलामो समय बोलीरहँदा थकाई लागेन ? कसरी चलाउनु भयो कार्यक्रम ?
बीच–बीचमा भूकम्प सम्बन्धि जानकारी दिएका थियौं । बिहानपख अलि आवाज सुके जस्तो भएको थियो ।

रातभर रेडियो नेपालबाट सबैलाई सान्त्वना दिईरहनुभयो । आफैलाई चाहिँ डर लागेन ?
पराकम्पनले समाचारवाचन कक्षको घडी हल्लँदा मुटुको ढुकढुकी बढ्थ्यो । आँखा बारम्बार भित्तामा झुिण्डएको घडीमा जान्थे । रेडियोमा बोलिरहँदा फेरि आयो है, आयो भनि रहेकी थिएँ । सायद तपाईले सुन्नुभयो होला । भूकम्पपछि पृथ्वी हल्लीरहने रैछ क्यारे जतिबेला पनि हल्लीरहेको महसुस हुथ्यो । डर लाग्थ्यो । तर, विपतको त्यो समयमा मैले डर भन्दा कर्तव्य ठूलो ठानेँ ।

कसरी चलाउनुभयो कार्यक्रम ?
11272180_10204770381162932_1993185990_nविपतमा परेका जनताले फोनबाट मेरो आमालाई घरले थिचिराखेको छ । निकाल्न सकेको छैन । दिदी म के गरौैं ? उद्धारका लागि कोही आएको छैन । बिजुली छैन । फोनमा व्याट्री सकिन लाग्यो । विजुलीको मान्छेसँग कुरा गराईदिनुन्, प्लिज भनिरहेका थिए ।
त्यही दिन काभ्रेबाट एकजना ८/९ वर्षकी बहिनीको फोन आयो । उनले भनिन् ‘म, भाई, आमा र बुबा छौं । घर सबै भत्कियो । बाहिर बसेका छौं । पानी पर्न लागेको छ । भूकम्प आईरहेको छ । यो कति वेरसम्म आउँछ, आन्टी प्लिज भूकम्प आउन बन्द गराईदिनुन् ।’ ती बहिनीको नाम निशा हो ।

जसरी उनको आवाज सुनें, त्यसपछि भित्रैदेखि मन भारी भएर आयो । गला अवरुद्ध भयो । रेडियोमा बोल्दै थिएँ । मन खोलेर रुन पनि सकिन । निशालाई भने भोली विहान तिमीलाई लिन हेलिकप्टर आउँछ । नडराई आमाबाबुसँग बस्नु ल भन्दै उनलाई फोनबाट बिदा गरें । त्यसपछि मैले त्यहाँको नेपाली सेना, प्रहरी, प्रमुख जिल्ला अधिकारीसँग कुरा गरें । नानीको आवाज रेडियो नेपालबाटै पटक–पटक सुनायौं । हाम्रो उद्देश्य सरकारी उद्धार टोली छिटो पुगोस् भन्ने थियो । विपतमा परेका जनताको कुरालाई जिल्लाको सम्बन्धित निकायसँग जोड्ने काम पनि ग-यौं । जसका कारण कैयौं दाजुभाई दिदी बहिनीको उद्धार पनि भएको छ ।
परिवार गुमाएका र घरभित्र छोराछोरी पुरिएकाहरूले अब हामी के गर्ने भन्दा तपाईसँग के जवाफ हुन्थ्यो ?
सान्त्वना दिने बाहेक केही थिएन । परिवारलाई केही नहोस् भनेर ईश्वरसँग प्राथना गरौं । संकटको बेला हो । तपाई खुल्ला ठाउँमा बस्नुहोला । भोली विहानसम्म उद्धार टोली आउँछ । यति मात्र भनिरह्याैं ।
अहिले तपाई पाल र विद्यालयमा गीत गाउँदै हिड्नुको उद्देश्य के नि ?
भूकम्पले घरवारविहिन भएकाहरूलाई राहत बाँड्न जाँदा पहिला राहत लिनुहुन्छ कि गीत सुन्नुहुन्छ भन्दा सबैले एकै स्वरमा भन्नुभयो गीत सुन्छौं । पीडा भुल्न चाहन्छन् मान्छेहरू । पेट भन्दा मन भर्न चाहन्छन् पीडामा परेकाहरू । दुई छाक खाएर मात्र पेट भरिन्न । पेटसँगै मुटुमा लागेको चोट पनि भरिनुपर्छ । मन भरिन जीवनमा खुशी र सन्तुष्टिको आवश्यकता पर्छ । कला, साहित्य र संगीतले नै खुशी र आत्मसन्तुष्टी दिन सक्छ । अर्को कुरा बालबच्चा भएको ठाउँमा महिला अवश्य आउनुहुन्छ । यसो गर्नुको मुख्य उद्देश्य महिला र बालिकामाथि विपतको बेला हुनसक्ने हिंसाबाट सजग गराउनु हो ।

विद्यालयमा नि ?

बच्चालाई स्कुल जान मानसिक रुपले तयार गर्ने बेला हो यो । हरेक कुराको समय हुन्छ । त्यसैले अहिले म विद्यालयमा बोलाएको ठाउँमा पुगेकी छु । भूकम्पको डर मन मस्तिष्कबाट हटाउनका लागि मनोरञ्जनले ठूलो काम गर्छ । त्यही सोचेर म वैशाख १४ गते नै टुँडिखेलको पालमा रहेका बालबालिका र महिलाका माँझ पुगेकी थिएँ । उहाँहरू मसँगै आफ्नो दुःख भुल्ने कोसिस गरेको पाएँ ।

20150601_130449

त्यहाँपनि मैले बालबालिकाको सुरक्षामा धेरै कुरा गरें । विपतको बेला आफ्नो आमाबुबासँगै बस्ने । अरुले दिएको नखाने, अभिभावलाई सोधेर मात्र बाहिर जाने, समयमा घर फर्कने कुरा गीतको माध्यमबाट पु-याएँ ।
म सिन्धुपाल्चोक गएँ । राहत भन्ने बित्तिकै बाबुआमाले बच्चाहरू अगाडी लगाउने । बच्चा तछाँड र मछाँड गर्दै आएको देखें ।

मैले सबै परिवार राखेर बच्चालाई अघि लगाएर राहत लिन नपठाउँन आग्रह गरें । मैले उहाँहरूलाई प्रश्न पनि गरें राहतको नाममा बालबालिकालाई कसैले ललाई फकाई गरेर लग्यो भने के गर्ने ? राहत आयो भन्दैमा बच्चाबच्ची माग्न पठाउने काम बन्द गर्नु भनेर सुझाएँ । धेरै अभिभावकले हुन्छ पनि भन्नुभयो ।

 

भूकम्पबाट अति प्रभावित जिल्ला घुमिसके भन्नु भाे  । तपाईको नजरमा पुननिर्माणको पहिलो प्राथमिकता के ?
भौतिक संरचनाको पुनर्निर्माणसँगै, परनिर्भर हुनुहुँदैन भन्ने सोचको विकास गराउनु अत्यावश्यक छ ।

राहत वितरण हेर्दा एक प्रकारको होडबाजी जस्तो देखिन्छ । यसलाई तपाई के भन्नु हुन्छ ?

सहयोग गर्नु राम्रो कुरा हो । थोरै सहयोग गरेर राज्यलाई गाली गर्ने र सस्तो प्रचार बाजीलाई रोज्नु राम्रो होइन । यसले नकारात्मक सोचको विकास गर्छ । जुनकुरा भावी पुस्ताको विकासका लागि ठूलो घाटा हुन्छ ।
राहतको नाममा बिस्कुट र चाउचाउका पोका वितरण गरेर आफूले मात्र सेवा गरेको अहंकार मैले देखेकी छु । जुन ठिक होइन । यसले मानिसलाई परनिर्भर बनाउँछ । मागेर खाने संस्कारको विकास गर्छ । यस्ता कुरा बन्द गर्नुपर्छ । राज्य बलियो बनाउने हाम्रो जिम्मा हो ।

पूर्व तयारी नभएको हुँदा सरकारको बढि अलोचना भएको होला नि ?
भूकम्प आउँदा कसरी जोगिने, के गर्ने भन्ने कुरा मैले पनि गीत मार्फत जनतामा पु-याए तर, हाम्रो देशका संरचनासँग मेल खाएन । राज्यले गर्ने तयारीमा चुक भएको छ । राहत भन्ने कुरा तत्काल दिने हो । शुरुमा भएन । अहिले पुगेको छ ।

भूकम्पको बेला मानिसलाई चाहिने अत्यावश्यक कुरा के के हुन ?

खानेपानी, बत्ती, सिठ्ठि, फोन, पैसा (एटिएम कार्ड) सबैलाई चाहिन्छ । महिलाले भने लगाउने लुगामा धेरै ध्यान दिनुपर्छ । कस्तो लुगा लगाउँदा आफूलाई घरबाट निस्कन सजिलो हुन्छ । भूइँचालो जुन बेला पनि आउँन सक्छ, त्यसकारण राती सुत्दा बाहिर निस्कन मिल्ने खालको लुगा लगाएर सुत्नुपर्छ । घर भत्केर तत्काल लुगा झिक्न र किन्न नसक्ने अवस्था हुनसक्छ ।

प्रस्तुति : अरुणा रायमाझी

प्रकाशित मिति २०७२ जेठ २२ गते शुक्रवार  

    Comment Here!

Related NEWS
मुख्य खबर

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

लकडाउनमा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका

-विष्णु माया पौडेल- सन् २०१९ को अन्त्यतिर ची बाट शुरू भएको कोरोना भाइरस कोभिड १९ ले

सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

-महिला खबर- ललितपुर । आज ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: