एकल महिला दयाका पात्र होइनन्


प्रकाशित मिति :2015-06-02 11:29:27

महिला खवर
कास्की, जेठ १९। सामाजिक न्याय र अधिकारको प्रचारप्रसार जति नै भएपनि एकल महिला प्रति सामाजिक दृष्टिकोण अझै सकारात्मक हुन नसकेको लामाचौरमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन्।पोखरा उपमहानगरपालिकाले लामाचौरमा एकल महिलाकालागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागी एकल महिलाले सो कुरा बताएका हुन्।

कार्यक्रममा लामाचौर वडा नम्बर १९ का सचिव सुर्य वहादुर नेपालीले समाजमा महिला प्रतिको दृष्टिकोण अझै पनि विभेदपुर्ण रहेको र त्यसमाथि एकल महिलालाई अवला र दयाका पात्रका रुपमा लिइने गरेको बताउनुभयो। स्वालम्बी बन्ने अधिकार सबैलाई भएको भन्दै एकल महिलाको आत्मसम्मानमा चोट पुग्ने व्यवहारलाई निरुत्साहित गर्नुपर्ने नेपालीको भनाई थियो।

कार्यक्रममा एकल महिलाले अहिलेसम्म भोग्नु परेका समस्या, उनीहरूका लागि बनेका कानुन, एकल महिला समूहको उद्देश्य र आवश्यकताबारेमा जिल्ला अध्यक्ष प्रमिला तझ्या र सल्लाहकार जुना के.सीले जानकारी दिनुभएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: