स्कुलमै स्यानिटरी प्याड बनाउने तालिम


प्रकाशित मिति :2015-05-30 13:10:23

ईश्वरी जी.एम.
sanitaryरोल्पा, जेठ १६ । रोल्पाका ८ वटा विद्यालयमा महिनावारी हुँदा छात्रालाई पर्ने समस्यालाई मध्यनजर गर्दै स्यानीटरी प्याड राखिने भएको छ ।

भौगोलिक विकटताका कारण घरदेखि २/३ घण्टा पैदल हिडेर विद्यालय जानुपर्ने हुँदा छात्रा महिनावारीका बेला स्कुल नजाने प्रवृत्तिलाई अन्त्य गर्न नेपाल रेडक्रस सोसाईटीले जिल्लाका ८ वटा निजी तथा सरकारी विद्यालयका २ छात्र, २ छात्रा, १ शिक्षक र १ शिक्षिकालाई स्यानीटरी प्याड बनाउने २ दिनको तालिम दिएको छ । तालिममा उनीहरूलाई फ्लाटिनको कपडाबाट पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याड बनाउन सिकाइएको हो ।

तालिममा सहभागी छात्राले आफूहरूले  स्यानीटरी प्याड बनाउन पूर्ण रुपमा सिकेको र अरुलाई पनि सिकाउन सक्ने समेत भएको बताएका छन् ।

स्वास्थ्य प्रबर्द्धनका लागि सामुदायिक सशक्तिकरण नेपालगञ्जका जिल्ला संयोजक रेशम खड्काले शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा राखेर प्याड तयार गर्ने तालिम दिनुभएको हो । तालिमपछि सम्बन्धित विद्यालयले अन्य छात्रछात्रालाई समेत सिकाएर विद्यालयमै प्याड राखि विद्यालय समयमा महिनावारी हुने छात्रालाई प्याड उपलब्ध गराउनेछ ।

छात्रालाई थप सहज होस् भन्ने उद्देश्यले विद्यालयमा एक जना शिक्षिकालाई फोकल पर्सनका रुपमा व्यवस्था गरिने छ।

शिक्षक, शिक्षिका र छात्र-छात्रालाई सँगै राखेर प्याड एवं रजस्वला सम्बन्धि तालिम दिँदा महिनावारीको कुरा बाहिर खुलेर गर्न हुन्न भन्ने संकोच समेत हटेर गएको प्रशिक्षक खड्काले बताउनुभयो ।

पूर्ण सरसफाईको एक महत्वपूर्ण पाटो व्यक्तिगत सरसफाई र त्यस भित्र पनि महिनावारीको समयमा महिलामा सरसफाईको बढी आवश्यकता पर्ने हुनाले छात्रालाई स्कुलदेखि नै यसको बानी बसाल्न सके पछिसम्म फाईदा पुग्ने सामुदायिक स्वास्थ्य खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमका फिल्ड प्राविधिक बसन्त गौतमले बताउनुभयो ।

स्यानीटरी प्याड बनाउने तालिम लिन पाउँदा आफूहरू निकै खुशी भएको र यसले अब महिनावारीको समयमा आत्तिनु नपर्ने तथा विद्यालय छोड्नु पर्ने बाध्यतालाई समेत  हटाइदिएको तालिममा सहभागी छात्रा बसन्ती विष्टले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: