तालिमले बोल्न सक्ने बनायो


प्रकाशित मिति :2015-05-27 12:44:07

ईश्वरी जी.एम.

रोल्पा, जेठ १३। आफ्नो परिचय भन्नुपर्दा लाजले मुख छोप्ने कोर्चाबाङ गाविसका महिला अहिलेे भाषण गर्न सक्ने भएका छन्। गाविस कोर्चाबाङको सहयोगमा आयोजित गाविसस्तरीय महिला नेतृत्व तथा क्षमता विकास तालिम लिएपछि आफूहरूमा सवैका अगाडी अभिएर बोल्ने साहस बढेको बताएका हुन्।

गाउँ विकास समितिमा हुने कार्यक्रममा सहभागी भएर के नै पाईएला र भन्ने सोचाईका कारण आफूहरू पछि परेको तालिममा सहभागी अमृता घर्तीले बताईन्। गाउँमा हुने सभा समारोहमा जानुभन्दा घरधन्दामै रमाउँदा महिलाको क्षमता विकास हुन नसकेको मन कुमारी पुनले बताईन्। गाविसमा हुने महिला लक्षित कार्यक्रम बाहेक विकास निर्माणका काममा समेत महिला सहभागिता बढाउनुपर्ने पुनको धारणा छ।

गाविस परिषद हुनुअघि वडा नागरिक मञ्च हुँदै छानिने थुप्रै महत्वपूर्ण योजनामा समेत महिलालाई सहभागी गराउनुपर्ने आवाज महिलाले उठाएका छन्। तालिममा सहभागी प्रतिक्षा घर्तीले जिल्लाका राजनैतीक दलका महिला यी विषयमा बढी गम्भिर बनेर गाउँ तहका महिलालाई परिचालन तथा सचेत र सहभागी बनाउने कुरामा लाग्न ध्यानाकर्षण गराइन्।

प्रत्येक वडाका आमा समूह, स्वास्थ्य स्वयंसेविका, राजनीतिक दल सहभागी भएको तालिममा लैङ्गिक हिंसा र यसविरुद्ध कानूनी व्यवस्था, नेतृत्व र गुणहरू, नेतृत्वशैली, वकालत, प्रतिवेदन लेखन र प्रस्ताव लेखनलगायतका विषयमा तीन दिनसम्म तालिम दिईएको गाविस सचिव तिर्थ घर्ती मगरले बताए। तालिमका प्रशिक्षक पत्रकार तथा अधिकारकर्मी खेम बुढामगरले तालिममा सहभागी महिलाले केहि गर्छौ र गर्न सक्छौ भन्ने हिम्मत बढाएको बताए ।

प्रत्येक गाविसले लैङ्गिक बजेटलाई सदुपयोग गरि गाविसका हरेक गतिविधिमा महिलालाई सक्रिय सहभागी गराउन सकेमा महिलाको क्षमतामा विकास भई समाज रुपान्तरण र परिवर्तनमा त्यसले उल्लेखनीय भूमिका निभाउने प्रशिक्षक बुढामगरले बताए।
तालिममा सहभागी महिलाले गाउँमा हुने कार्यक्रम तथा कुनै सभा समारोहमा निर्धक्क बोल्न सक्ने क्षमता विकास आफूमा भएको बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: