सुत्केरी महिलालाई नेपालगन्जमा राहत संकलन


प्रकाशित मिति :2015-05-19 12:23:08

महिला खवर

unnamed (2)नेपालगन्ज, जेठ ५। मकवानपुरका भूकम्पपीडित सुत्केरीको सहयोगको लागि महिला अधिकारको क्षेत्रमा क्रियाशील अगुवाहरूले नेपालगन्जमा राहत संकलन गरेका छन्। महिला हिंसाविरुद्धको अभियान नेपालगन्जको नामबाट सुुत्केरीलाई लक्षित गरी न्यानो कपडाको लागि राहत संकलन भईरहेको छ। साथी संस्था, माईती नेपाल, फातिमा फाउण्डेशनलगायतका संस्थाले यस्तो अभियान चलाएका हुन्।

यसअघि मकवानपुरमा १ सय २२ जना सुत्केरीलाई न्यानो कपडा वितरण गरेर आएका उनीहरूले दोश्रो चरणमा पनि मकवानपुरकै गोगने गाविसमा सुत्केरी महिलाहरूको

मकवानपुरमा सुत्केरीलाई न्यानो कपडा वितरण
गरिँदै।

अवस्था दयनीय भएको पाईएकाले राहत संकलन गरिएको महिला हिंसाविरुद्धको अभियानकी अगुवा कमला पन्तले जानकारी दिनुभयो।

डेढ सय न्यानो कपडाको माग भएको छ। ६०/६५ थान जति जुटायौं’ पन्तले भन्नुभयो–’सुत्केरी महिलाको अवस्था विजोगपूर्ण छ त्यसैले हामीले यहाँ राहत संकलन गरेर पठाउँदै छौँ।’ तीनमहिना भित्रका सुत्केरी महिलालाई न्यानो कपडा वितरण गर्ने अभियानकर्ताको लक्ष्य छ।

स्वस्फूर्त रुपमा संकलन भएको पैसाबाट सुत्केरी महिलालाई न्यानो कपडा किनेर पठाईने गरेको माईती नेपालका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो। ‘पहिलो चरणमा मकवानपुरको भूकम्प प्रभावित क्षेत्रमा पुगेर आयौँ।, अन्य प्रभावितकोे भन्दा सुत्केरी महिलाको अवस्था असाध्यै दयनिय छ’ कोईरालाले भन्नुभयो–’कम्तीमा सुत्केरी महिलालाई न्यानो कपडाको अभाव हुन नदिन हामीले नेपालगन्जमा पहल गरिरहेका छौँ।’

नेपालगन्जबाट सहयोगी हातहरूको नामबाट मकवानपुर र धादिङ जिल्लाका भूकम्प पीडितहरूलाई राहत सामाग्री वितरण भएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: