‘छोरी’ अक्षयकोष स्थापना


प्रकाशित मिति :2015-04-24 14:26:16

chhori fund

महिला खवर

ललितपुर¸वैशाख ११ । आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मदिनका अवसरमा बेल्जियममा रहेका नेपाली कृष्णप्रसाद रेग्मीले १० लाख रुपैयाँको ‘छोरी’ अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषलाई एक करोड रुपैयाँसम्म पुर्‍याइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरूको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने रेग्मीको योजना छ ।

चितवनका कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरूको शिक्षा र स्वास्थ्यका लागि स्थापना गरिएको यो अक्षयकोषले ‘छोरी’हरूको वृत्तिविकास गर्न र स्वालम्वन बनाउन मद्दत पुर्‍याउने रेग्मीले बताए ।

‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरूको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो’–रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरू कानुनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको पनि उनले जानकारी दिए । उनले सो अवसरलाइ रचनात्मक कार्यमा परिणत गरेको वताए ।

कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरूको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने उनले जानकारी दिए ।

सो अक्षयकोष चितवन जिल्लाको जुगेडीमा केन्द्रीत बनाई पहाडी ईलाकाका छोरीहरूको शिक्षा र स्वास्थ्यमा परिचालन गरिने लक्ष लिईएको छ । रेग्मीले स्थापना गर्ने सो अक्षयकोषको संरक्षकमा आफ्ना पिता धर्मानन्द रेग्मी र आमा खीनाकुमारी रेग्मी संरक्षक रहने जानकारी गराइएको छ ।

रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशिल छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीयस्तरको नेता समेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: