विदेशको कमाइ भाग्य चिठ्ठा


प्रकाशित मिति :2015-04-24 13:32:21

Mankala @her home1‘मलाई त मालिक्नी भन्दा तिनका छोरीहरुले बढी यातना दिए’
धनगढी, बैशाख ११ । कैलालीको फुलवारी गाविस आइगाउँकी मनकला कार्कीले वैदेशिक रोजगारी सोचेजस्तो सजिलो नभएको अनुभव गरेकी छिन् ।

‘कमाउने कसलाई रहर हुदैन र ?’ मनकला भन्छिन्, ‘कमाउनकै लागि कहिल्यै नदेखेको भारतको बाटो भएर नचिनेको ठाउँ पनि हिम्मत गरेर गएँँ। तर सधै कमाइ कहाँ हुन्छ ? विदेशको कमाइ भाग्य चिठ्ठा नै हो ।’

पैसा कमाउनै भनेर एकचोटी कुवेत र अर्कोचोटी साउदी अरब पुगेर फर्केकी मनकला अहिले घरमै चिया पसल गरेर बसिरहेकी छिन् । भन्छिन्, ‘मैले पहिलोचोटी अलिअलि कमाए दोस्रो चोटी फुत्केर आउनै मुश्किल भो ।’

छोराको उपचारमा लागेको लाखौं ऋणले चापेपछि भारतको हिमाञ्चलमा काम गरिरहेका श्रीमानलाई बोलाई घरमा राखेर चोरबाटोबाट दिल्ली हुँदै कुवेत गएकी थिइन् । कुवेत जाने क्रममा ३३ दिन दिल्ली बस्दा उनले हिन्दी पनि सिकिन ।

उनी पहिलो चोटी  दुई वर्ष सात महिना कुवेत बसेर फर्किइन । ‘कमाइ ठीकै भएको थियो तर लागेको ऋण चुक्ता नभएकाले फेरि मुम्बईको बाटो साउदी अरब गए मनकला ती दिन सम्झदै भन्छिन,  ‘त्यसपटक दुःख पाइयो, मुश्किलले फर्केर आए।

मनकलाले काम गर्न गएको घरमा १७ देखी१८ जनाको परिवारलाई खाना पकाउने, खुवाउने, तिनीहरुका लुगाकपडा धुने काम गर्नु पर्थ्याे । घरमुली बुढा पक्षाघात भएका थिए । मनकला पुगेको अर्को महिना घरकी बुढीले पनि मानसिक सन्तुलन गुमाइन ।

बुढीको मानसिक सन्तुलन गुमेपछि बुढाको स्याहारको जिम्मा पनि मनकलालाई थपियो । दिनभर घरको काम, राति बुढी लिएर अस्पताल जानुपर्ने भयो । दिनरात एकनास काम गर्नु परेपछि मनकलालाई सही नसक्नु भयो । उनी भन्छिन् ‘पासपोर्ट पनि दिएनन् ‘। चार महिनाको तलब र पासपोर्ट छोडेरै भागेर नेपाली राजदूतावास आउन सकेँ । राजदूतावासले कागजात र टिकट बनाइदिएपछि नेपाल फर्कन पाए।
खाडीका देशमा त्यहाँ को काफला प्रणाली अन्तर्गत घरेलु कामदारमाथि उसको कफिल (मालिक) को नियन्त्रणको पूर्ण अधिकार हुने भएकाले सोझा कामदारहरु सम्झौता अवधिभर मालिकले भने अनुसारको काम गरेर बस्न वाध्य हुने भुक्तभोगीहरु बताउछन् ।

दुई वर्ष सउदी अरव बसेर फर्केकी मसुरिया गाविस–७ राजीकटानकी मीनादेवी भूल ती दिन कसरी काटेँ भनेर अहिले आफैँ आश्चर्यमा पर्छिन् । ‘अलिकति काम बिग्रदा पनि चट्ट हानी हाल्थे, मजेरा (ग्रामीण क्षेत्रको घरको काम गर्ने) मा परेकाले घाँस काट्ने, खेतको काम, घरको सबै काम सधै गर्नुपर्थ्याे।  मलाई त मालिक्नी भन्दा तिनका छोरीहरुले बढी यातना दिए ।’

मीना भन्छिन् ‘भारतको बाटो गएका मानिस विदेशमा  मरे पनि लाशै नआउने रहेछ भन्ने पछि मात्रै थाहा पाएँँ’।
मीनाको कमाइले त्यो बेला परिवारको खर्च चल्नुका साथै घरको छानामा जस्तापाता त लागेको छ । उनी विदेशबाट फर्के लगत्तै पत्थरीको उपचार गर्न पछि पा“च कठ्ठा जग्गा ६० हजारमा बन्दकी राखेर शल्यक्रिया गर्नुपर्दा आर्थिक संकट थपिएको छ । यही संकट टार्न कतार गएका श्रीमान् हर्कबहादुर कन्ट्रयाक्टमा (काम पाएको दिन ज्याला पाउने नपाएको दिन विदा बस्नुपर्ने) परेकाले एक वर्षदेखि आफैँ पालिएर मात्र बसेका छन् ।

घरेलु कामदारले सधैँ तोकिएको भन्दा बढी काम गर्नुपर्छ । सम्झौतामा आठ घण्टा लेखिए पनि खाडीका देशका घरेलु कामदारका हकमा कतै लागू भएको पाइँदैन । राजीकटानकै पार्वती भूल घर छोडेर विदेश जानु धारिलो हतियारमा हिड्नु सरह भएको मान्छिन् ।
चार÷पाँच जनाको परिवारमा काम गर्नुपर्ने मानसिकताले गए पनि उनी २२ जनाको ठूलो परिवारमा परिन । ‘सुरुमा दुई जनाले मिलेर गरिरहेकाले चित्त बुझाएँँ, अरु देशका महिला बेलाबेला काम छोडिरहन्थे त्यो बेलाको कामको भार मैमाथि पथ्र्यो, तर तलव उत्ति नै ।’
कमाइ र वचतबारे पार्वती भन्छिन्,  ‘उताबाट पठाएँँ यता घरकालाई खानै ठिक्क भो । वचतका नाममा २५ हजार रुपैयाँमा चार कठ्ठा जग्गा बन्दकीमा छ ।’

पार्वती पनि दुई वर्ष कुवेत बसेर फर्केकी हुन् ।
घरेलु कामदारका रुपमा गएका महिलाका दुःख थरीथरी छन् । पाँच बच्चा र अपाङ्ग पति छोडेर गएकी जानकीले पनि असाध्यै दुःख भोग्नु पर्‍यो ।

‘सरसफाइमा थोरै कमी भयो वा लुगामा सानो दाग रह्यो भने पनि गाली र यातना पाइन्थ्यो । एउटै लुगा एकै दिन तीन पटकसम्म धुनुपरेको थियो । तिनीहरुका बच्चा झन बदमास हुन्थे’ उनी भन्छिन् ।

उनलाई अपाङ्ग पति र साना लालाबालाले के खाए होलान् भन्ने चिन्ता लागिरहन्थ्यो । तर मालिकले २४ महिनासम्म तलव दिएनन् । ‘नेपाल नफर्काए आत्महत्या गरिदिनेसम्मको धम्की दिएपछि बल्ल पारिश्रमिक त पाए“ तर मालिकको दुव्र्यवहार खेपेर फर्किनु पर्‍यो ,’ उनले भनिन् ।
स्वदेशमा रोजगारीको अभाव, विदेश जाने लहर र गाउँगाउँमा दलालको प्रलोभनले घरेलु कामदारका रुपमा विदेश गएका महिलाहरुले सुख भन्दा दुःखका अनुभूति धेरै सँगालेर स्वदेश फर्किरहेReturnee Janaki, mina & parbati1का छन् । बढ्दो महँगीमा पैसाको अभावले जोखिम मोलेर विदेशमा काम गरे पनि त्यसले घरखर्च धान्नै नसक्ने अवस्था छ ।
विदेशबाट फर्केका यस्ता नागरिकका स्वदेशमै सीप तालिम र रोजगारीका अवसर सरकारले मिलाइ दिए गरिखान सकिने धारणा राख्छन् । विदेशमा अर्काको काम गर्दाका दुःख एकातिर छन् अर्कोतिर फर्केर आएपछि पनि घरमा रोजीरोटीकै समस्या छ उनीहरूलाई । उनीहरू भन्छन्, ‘हामीलाई आफ्नै देशमा त यस्तो छ अर्काको देशमा झन के हुन्थ्यो र ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: