मृगौला पीडित महिलालाई विदेशमा रहेका नेपालीद्वारा सहयोग


प्रकाशित मिति :2015-04-23 09:23:48

बेलिना थापा

लमजुङ, वैशाख १०। लमजुङको उत्तरकन्यास्थित फुम्रोका ३७ वर्षीया मृगौलाको समस्याबाट पीडित केशमाया गुरुङलाई विदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन्।

वैदेशिक रोजगारीको क्रममा अफगानिस्तान र साउदीमा रहेका नेपालीले गुरुङलाई आर्थिक सहयोग गरेका हुन्। गुरुङलाई उत्तरकन्या घर भई हाल अफगानिस्तानमा रहनुभएका कुल बहादुर गुरुङ र आश बहादुर गुरुङको पहलमा संकलित दुईलाख एकाउन्न हजार रुपैयाँ , साउदी अरवमा तुल गुरुङको पहलमा संकलन भएको एकलाख त्रिसाठी हजार रुपैयाँ र उत्तरकन्या ७ फुल्म्रोका क्याप्छे भाइखलकले गरेको वीस हजार रुपैयाँ गरी चारलाख अठ्चालिस हजार आठसय पचासी रुपैयाँ  पीडित केशमाया गुरुङलाई हस्तान्तरण गरिएको छ।
सो रकम कुलवहादुर गुरुङले आर्मी अस्पताल छाउनीमा पुगी केशमायालाई हस्तान्तरण गर्नुभएको थियो। गुरुङको दुवै मृगौला खराव भई हाल छाउनीमा डाएलसिस गराउँदै आएको आफन्तले वताएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: