‘मीरा सेन्टर’ समाज सेवाको क्षेत्रमा ‘रानीमहल’ 


प्रकाशित मिति :2015-04-22 12:21:24

hari bansha e .jpg 4गुणराज लुइँटेल

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको जीवनमा चार वर्षअघि बज्रपात पर्न गएको थियो। उनले आफ्नी जीवनसंगी मीरा आचार्यलाई वैशाख ७ गते गुमाएपछि उनले आफूलाई दीनहिन अवस्थामा पाएका थिए। समयले उनको घाउमा अलिकति भए पनि मलमपट्टी लगाएको छ। उनी आफैंले पनि शोकलाई शक्तिमा बदल्ने काम गरेका छन्, एउटा सिर्जनात्मक तरिकाबाट। उनको पुर्ख्यौली थातथलो काभ्रे पलाञ्चोक जिल्लाको शंखुपाटीचौर गाविस– ३, चैनपुर डाँडामा मीरालाई सधैँ सम्झने गरी एउटा स्मारक खडा गराएका छन्।
हरिवंशको पहलमा पाँच वर्षमुनिका बालबालिकाहरूलाई पूर्व स्कुल शिक्षाको तयारी र आमाहरू र तिनका नानीहरूका निम्ति पनि स्वास्थ्योपचारको व्यवस्था गर्ने गरी मीरा सेन्टर स्थापना गरेका छन्। र, उनीसँग चाइल्डरिच नेपाल, जापानी राजदूतावास, मह संचारलगायतका दर्जनौं संस्थाहरूले हातेमालो गरेका छन्।
ग्रामीण क्षेत्रमा बालबालिकाका निम्ति यस किसिमको सुविधा उपलब्ध छैन। राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएपनि यसका निम्ति राजधानीका महँगा केन्द्रहरूमै बालबालिका पुर्‍याउनु पर्ने हुन्छ। संखु गाउँका बालबालिकाका निम्ति भने एउटा गुणस्तरयुक्त सेवा यो केन्द्रले पुर्‍याउने विश्वास उद्घाटन समारोहमा पुगेका जापानी राजदूत मासासी ओगावाले बताएका थिए।

hari bansha e
पत्नी मीराको निधनपछि आचार्य झण्डै एक वर्षसम्म सार्वजनिक जीवनमा आएका थिएनन्। उनलाई जतासुकै मीराका सम्झनाले सताइरहन्थ्यो। त्यसैकारण उनी आफू बसिरहेको घर समेत सरे। समय अघि बढ्दै जाँदा उनले रमिला पाठकसँग विवाह गरे। विस्तारै उनी सार्वजनिक जीवनमा प्रवेश गरे। फेरि उनको जीवन उसैगरी अघि बढिरहेको छ, जसरी मीरा हुँदा।
तैपनि उनको जीवनबाट मीरा हराउन सक्दिनन्। हरिवंशले कुनै न कुनै रुपमा उनलाई जीवन्त राख्न प्रयास गरेका छन्। मीरा सेन्टर उनको त्यही प्रयासको एउटा प्रमाण हो। भाग्यले उनलाई परिवारका सबै सदस्यको साथ दियो। मीरा सेन्टरमा रहेको उनको सालिक रमिलाले अनावरण गरिन्। साथमा थिए हरिवंशका कान्छा छोरा मोहित।
त्यतिमात्र होइन हरिवंश र मीराको परिवारका धेरै सदस्यको उपस्थिति रहेको त्यो क्षण आफैंमा एउटा पारिवारिक मिलनजस्तो थियो। मीराको सालिक अनावरणपछि पनि फेरि हरिवंश भावुक भए। उनी रोएको देखिएन। तर, तिनका मनमा चलेका उत्ताल तरंगलाई अनुभव गर्न सकिन्थ्यो। उनको अनुहारमा ती प्रष्टै देखिन्थे।
झण्डै एक वर्षअघि मीरा सेन्टर स्थापनाका निम्ति शिलान्यास गर्ने बेलामा त्यही भावुकता थियो। तर, मीरा सेन्टर स्थापना भएपछि भने हरिवंश, उनको परिवार र उनलाई सधैँ साथ दिने मदनकृष्ण श्रेष्ठसमेतलाई निकै सन्तोष भएको छ। मदनकृष्णले अब धेरै भावुक हुनु भन्दा पनि मीराको मृत्यु सम्मानित भएको बताए।
मीराको सालिक अनावरण भएपछि मदनकृष्ण पनि अलिकति विचतिल भएका थिए। तर, फेरि उनले आफूलाई सम्हाले र सबैलाई सम्झाउने शैलीमा बोले। …यो मूर्ति देख्दा म अलिकति अल्मिलिएँ’ उनले भने, …अब धेरै भावुक हुनु जरुरी छैन भन्ने लाग्यो… उनको मृत्यु (अब) सम्मानित मृत्यु भएको छ।’
यो पुर्ख्यौली जमिन मीराको पनि भएकोले तिनका निम्ति दुई रोपनी क्षेत्रमा गाउँका सबैले सेवा लिन सक्ने गरी मीरा सेन्टर बनाइदिएको हरिवंशले बताए। ‘यो जमिनमा उसको पनि अधिकार छ’ उनले भने, …यो उसैको सम्झनामा सधैँ उभिइरहोस्।’
‘मान्छे भनेको सधैं बाँच्दैन तर ऊ ४७ वर्षकै उमेरमा गई,’ पत्नी मीराको सम्झनामा भावुक हुँदै उनले भने, ‘यो उसलाई सम्झने बाटो हो।’
हरिवंश आफूले मात्र मीरालाई सम्झेका छैनन्। सबैले उनलाई सम्भि्करहनुन् भनेर यो स्मारक तयार पारेका हुन्। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडी सधैं सामाजिक क्षेत्रमा क्रियाशील रहन्छ। यसपटक आफ्नै जीवन र परिवार जोडिएको घटनाबाट पनि उनीहरूले समाज सेवा गरेर अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।
यो काममा चाइल्डरिच नेपालका छिरिङ लामाको समेत साथ रहेको थियो। विभिन्न मुलुकबाट आएका स्वयंसेवी विद्यार्थीले समेत यो भवनको निर्माणका बेला माटो काट्नेदेखि घर रंगाउने काम समेत गरेका थिए। त्यसैले यो भवन आफैंमा एउटा शुभभावना र कामनाले भरिएको रुपमा स्थानीय बासिन्दाले पाउने नै छन्।
एक अर्थमा यो हरिवंशले आफ्नी स्वर्गवासी पत्नीको सम्झनामा बनाएको यो भवन सामाजिक सेवाको ‘रानीमहल’ पनि हो। यसले प्रत्येक पतिहरूलाई सम्झाइरहनेछ– बाँचुञ्जेल मात्र होइन मृत्युपर्यन्त पनि प्रेम यसैगरी अजर र अमर रहन सक्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: