किशोरीका मुद्दालाई एकिकृत रुपमा उठाउनु पर्ने


प्रकाशित मिति :2015-04-21 15:25:28

कास्की,वैशाख ८। किशोरीका मुद्दालाई एकृकित रुपमा उठाउन सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रतिवद्धता व्यक्त गरेका छन्।
बालिका शक्ति संजाल कास्की र जिल्लास्तरीय किशोरी सञ्जाल कास्कीले आयोजना गरेको सञ्जालको गठन र सञ्जालले गर्ने कामका सम्बन्धमा आयोजित अन्तक्रिया कार्यक्रममा किशोरीका मुद्दालाई आफ्नो क्षेत्रबाट पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत ज्योति घिमिरेले  किशोरीमाथि हुने हिंसालाई न्यूनिकरण गर्नुपर्ने र उनीहरूका मुद्दालाई साझा रुपमा उठाउनु पर्ने बताउनु भयो। महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि तिलकुमारी क्षेत्रीले किशोरीका लागि लक्षित गरी जीवनपयोगी शिप प्रदान गर्दै आएको जानकारी दिनु भयो।
कार्यक्रमका अधिकांश वक्ताले किशोरीका मुद्दालाई साझा मुद्दा बनाएर लैजानु पर्ने र उनीहरूकालागि सचेतना र दक्षताकालागि विभिन्न कार्यक्रम र तालिमको आवश्यकता औंल्याका थिए।
प्रकाशित मितिः २०७२ वैशाख ८ गते मङ्गलवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: