मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको पिडा


प्रकाशित मिति :2015-04-20 09:41:23

काठमाडौं, वैशाख ७ । पोखराकी कल्पना श्रेष्ठले (नाम परिर्वतित ) काठमाडौंको एक रेष्टुरेन्टमा काम गर्दा गर्दै छोडिन् । काम छोडनुको कारण थियो कम पारिश्रमिक र आत्म सम्मानको कमी । उनले निकै लामो समय सम्म रेष्टुरेन्टमा काम गरिन् । रेष्टुरेन्टमा बिहान देखि साँझसम्म काम गर्नु पथ्र्यो । प्रायः फुर्सद हुँदैनथ्यो ।

ज्याला निकै कम थियो । मासिक ४ ,५ हजारले खान लाउन पनि पुग्दैनथ्यो । अलिकति भए पनि पैसा बचत गरेर घरमा पठाउथिन् । उनले होटेलमा काम गर्नुको कारण निकै पिडादायी छ । त्यो कारण सम्झीएर थप पिडामा डुब्न उनी चाहन्न् ।
“घर परिवार छोडेर रेष्टुरेन्टमा काम गरे,तर कहिल्यै आत्मसम्मानको महसुस भएन” उनले भनिन न त पैसा नै कमाउन सकियो । ग्राहकले जे भन्यो त्यहि मान्नुपथ्र्यो । आफ्नो शरीर जोगाउनै मुस्कील हुन्थ्यो ।
तलब वृद्घि गर्ने कुरा गर्दा छोडेर जान धम्की दिन्थे । अलिकति काम बिग्रिएमा बेसरी गाली गर्थे । बिरामी हुँदा पनि बिदामा बस्न पाईदैनथ्यो । घर जाने त कुरै छोडौं । उनले दुखेसो गरिन् । यसरी काम गर्न नसके पछि रेष्टुरेन्टको काम छोड्न बाध्य भए ।
सम्बन्धित पक्षले काम गर्ने सहज वातावरणको सिर्जना गर्न सके यस्ता व्यवसाय र यसमा काम गर्ने श्रमिक महिला प्रति सकारात्मक सन्देश जानुका साथै सन्चालक, राज्य पक्ष तथा कामदारको आर्थिक उन्नतीमा टेवा पुग्ने उनको धारणा छ ।
काठमाडौंको एक दोहोरी साँझमा काम गर्ने सपना गुरुङको (नाम परिर्वतित ) पिडा पनि उस्तै छ । दोहोरी साँझमा काम गर्न शुरु गरेको लामो समय भई सक्यो । अहिलेसम्म नियुक्ती पत्र समेत पाएकी छैनन । चित्त बुभ्mदो पारिश्रमिक पनि छैन ।
“हामीले एक दिनमा कति घण्टा काम गर्ने ,कति ज्याला पाउने त्यस्को पनि हिसाब किताब हुनुपर्छ , उनले भनिन् एक एक मिनेट समयको मुल्य हुनुपर्छ ।
सुनिलाले २ वर्षदेखि काम गरेको ज्याला समेत पाएकी छैनन । एक मिनेट ढिलो जाँदा हाजिरी काटिन्छ । काम नलाग्ने र सस्तो मुल्यका तरकारी आफूँलाई खान दिने गरेको उनले गुनासो गरिन् ।
दोहोरि साँझमै काम गर्ने मनकला तामाङ (नाम परिर्वतित ) ले पनि यस्तै समस्याको सामना गर्नु परेको छ । सरकारी कार्यालयमा तलब बढ्दा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकको पनि तलब बढनु पर्ने मनकलाको माग छ ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने हामी महिला हिँसामा छौ शारीरिक र मानसिक हिँसा मात्र होईन हाकिमलाई त पारिश्रमिक सुविधामा पनि विभेद छ उनले भनिन्,हामी श्रम गर्छौ त्यो अनुसारको तलब पाउदैनौं । न त एक दिन बिदा नै ।
दोहोरी साँझमा काम गर्नु उनको रहर होईन बाध्यता हो । तर काम नगरेमा एक छाक टार्न पनि धौ, धौ पर्छ । उनले पनि नियुक्ति पत्र बिना काम गर्दै छन । दाहोरी साँझमा काम गर्छे काम नलाग्ने भई भनेर पनि गाँउमा कुरा काट्छन् । उनका बिचारमा यदि मनोरञ्जन क्षेत्रको कामको नेपालमै सम्मान हुने हो भने महिलाले बिदेश जानुनै पर्दैन ।
बढदो बेरोजगारीसँगै खुल्दै गएका क्याबिन रेष्टुरेन्ट ,डान्स बार, मसाज पार्लर ,दोहोरी साँझ लगायत मनोरञ्जनका क्षेत्रहरू ग्रामीण क्षेत्रबाट शहर पसेका युवा युवतीको रोजगारीको मुख्य थलो बन्ने गरेको छ ।
यस्ता व्यवसायको सँख्या बढेसँगै यसमा काम गर्नेहरूको सँख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरी पुरुष रोजगारीको सिलसिलामा विभिन्न खाडी मुलुकहरूमा पुग्ने गरेका छन भने महिला भने यसै क्षेत्रमा कार्यरत छन ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्रै यस्ता व्यवसायको सँख्या १२ सय भन्दा बढि छ । यस क्षेत्रमा कम्तिमा पनि ५० हजार युवा कामदारको रुपमा संलग्न रहेका छन । महिलाको सँख्या मात्रै ४५ हजारको हाराहारीमा रहेको पाईन्छ ।
बाहिर हेर्दा यी कार्यक्षेत्र रोजगारीको राम्रो थलो देखिए ता पनि वास्तविक भने भिन्दै रहेको पाईन्छ । बेला बेलामा विभिन्न सँघ संस्थाबाट हुने गरेको अध्ययनका आधारमा यी क्षेत्रमा काम गर्ने महिला श्रमिक भने विभिन्न किसिमका हिंसाबाट प्रभावित हँुदै आएका छन् ।
मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमीक महिलाले कार्यस्थलमा आर्थिक, मानसिक, तथा शारीरिक शोषण भोग्न बाध्य हुनुपरेका घटना अध्ययनको क्रममा पाईएको छ । श्रमीक महिलाले कार्यस्थलमा सम्मान नपाएको गुनासो गरेका छन । उनीहरूले कार्यस्थलमा मात्र नभई काम सकेर घर फर्किदा समेत विभिन्न प्रवृतिका सास्ती भोग्नु परेको बताउँछन् ।
एकातिर श्रमीक महिला आर्थिक तथा शारीरिक शोषणमा परिरहेका छन् भने परिवार तथा आफन्तले आफनो काम र कार्यस्थल थाहा पाउलान भन्ने मानसिक तनावमा परिरहेका हुन्छन् । यस क्षेत्रमा काम गर्ने महिलालाई परिवार तथा समाजले राम्रो दृष्टिले हेर्ने गरेको पाईदैन । आर्थिक कमजोरी, अशिक्षा र एक्लोपन जस्ता कामदारको बाध्यताको फाईदा उठाउँदै व्यवसाय सञ्चालकले नियुक्ति पत्र बिना काम लगाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक पनि नपाउने उनीहरूको गुनासो छ ।

DSC09939

त्यस्तै उनीहरूले सरकारले तोकेको भन्दा कम पारिश्रमिकमा धेरै काम गर्नु पर्ने बाध्यता छ । भने स साना गल्तीमा पनि पारिश्रमिक कट्टा गरीने जस्ता श्रम शोषण भईरहेको छ । आफनो रोजगारी जोगाउनकै लागी उनीहरूले व्यवसाय सञ्चालकले जे जस्ता व्यवहार गरे पनि सहेर बस्नु परेको छ ।
मनोरञ्जन क्षेत्रको कामलाई राज्यले श्रमको रुपमा मान्यता नदिँदा यस क्षेत्रमा काम गर्ने महिला श्रमिकले शोषमा बाँच्नुपरेको महिलाका निम्ति महिला मञ्चका अध्यक्ष सिर्जना पुनले बताउनुभयो । मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको सुरक्षित स्थानागमनकोे अधिकारलाई सरकारी रुपले सुनिश्चित गर्नु पर्ने उहाँको जोड छ ।
उहाँले भन्नुभयो— ‘आफूलाई मन परेको पेशा गर्न पाउने अधिकार सबैलाई छ मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाले पनि आत्मसम्मानका साथ बाँच्न पाउनु पर्छ ।’ श्रमिक महिलालाई आफ्नो अधिकारको निम्ति आँफै अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।
समावेशी नेपाल सँस्थामा कार्यरत बद्रि पुन लाखौ महिलाले काम गरिरहेको क्षेत्र प्रति राज्य जिम्मेवार नभएको गुनासो गर्नुहुन्छ । श्रम शोषण गर्ने एजेन्सी लाई पनि कारवाहिको दायरामा ल्याउनु पर्ने उहाको विचार छ । सरकारलाई पनि जिम्मेवारी लिन बाध्य पारिनु पर्ने पुनको भनाई छ ।
अधिवक्ता टिकाराम बस्नेतले मनोरञ्जनको क्षेत्रलाई कानुनले नसमेटेको दावी गर्नुभयो । मर्यादित रुपमा काम गर्न पाउने अधिकारको आवाज नउठ्नु यस्को प्रमुख कारण भएको बस्नेतले प्रष्ट पार्नुभयो ।
अधिवक्ता बस्नेतले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक प्रति समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । जसले अरुलाई मनोरञ्जन दिन्छन उनीहरूलाई राज्यले पनि उपेक्षा गरेको छ उँहाले भन्नुभयो । बलियो कानुन बनाउन आवाज उठाउँनु पर्छ ।
नेपाल टे«ड युनियन महासँघका महासचिव दिपक सापकोटाले श्रमिक महिला सचेत नहुँदासम्म समस्याको समाधान नहुने भएकोले श्रमीक महिलालाई आफनो अधिकारका निम्ति जागरुक हुन आग्रह गर्नुभयो ।

श्रमीक महिलाको हकमा काम गर्ने विभिन्न सँस्थाको बिचमा समन्वय हुनु पर्ने आवश्यक्ता रहेको आँल्याउदै सापकोटाले श्रमिक महिलाका समस्या सामाधान गर्न नेपाल टे«ड युनियन महासंघ प्रतिबद्घ रहेको बताउनुभयो ।
नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्याभुत गरेका न्युनतम मानव अधिकारका विषय तथा श्रम ऐन ,२०४८ ले श्रकिम अधिकार संरक्षण गरेतापनि कार्यस्थलमा कार्यरत महिला श्रमीक उपर विभिन्न खालका शोषण भईरहेका छन् ।

कार्यस्थलमा कार्यरत महिला श्रमीक उपर विभिन्न खालका शोषण न्युनिकरण गर्न सर्वोच्च अदालतले २०६५ मंसिर ११ गते फैसला गर्दै श्रमजीवी महिला प्रति रेष्टुरेन्ट,डान्स वार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन निर्देशिका ,२०६५ जारी गरेको थियो ।
सर्वोच्च अदालतले जारी गरेको निर्देशिकाको कार्यान्वयनमा सरोकारवाला निकाय उदासिन रहेको यस क्षेत्रमा कार्यरत संघसंस्थाको अनुभव छ ।

प्रकाशित मिति २०७२ वैशाख ७ साेमवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: