सुदूरपश्चिममा महिला बेचबिखनको जोखिम बढ्दै, ८ महिनामा २४ को उद्धार


प्रकाशित मिति :2015-03-13 12:00:56

–लोग्शरी कुँवर–

कैलाली। सुदूरपश्चिममा महिला तथा बालिका बेचबिखनको जोखिम बढ्दै गईरहेको छ । पछिल्लो ८ महिनाको तथ्यांकलाईमात्र आधार मान्ने हो भने यो कुरा पुष्टि हुन्छ ।
छिमेकी मुलुक भारतसँग खुल्ला सीमाना जोडिएका तराईका कैलाली र कञ्चनपुर जिल्लाबाटमात्र गएको ८ महिनामा २४ जनालाई बेचबिखनको जोखिमबाट उद्धार गरीएको छ ।

मानव बेचबिखन बिरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापना केन्द्रलेमात्र २०७१ साल साउन १ गतेदेखि फागुन २८ गतेसम्म २४ जनालाई बेचबिखनको जोखिमबाट उद्धार गरेको छ ।

शान्ति पुनस्र्थापना केन्द्र धनगढीका कार्यक्रम संयोजक बासु भट्टराईका अनुसार उद्धार गरिएका मध्ये बढी महिला छन् ।

उनका अनुसार उद्धार गरिएका २४ जनामा १८ महिला छन् । त्यसमध्ये ४ जना बालिका हुन् । त्यस्तै ६ जना बालकलाई पनि बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ ।

२४ मध्ये २१ जनालाई सिमा नाकाबाट उद्धार गरिएको र ३ जनालाई भारतबाट उद्धार गरिएको कार्यक्रम संयोजक भट्राईले जानकारी दिए । त्यसमा १ जना महिलालाई बेचिएको अवस्थामा उद्धार गरी नेपाल ल्याईएको छ । उद्धार गरिएका महिलाहरु ९ देखि ३५ बर्ष उमेरका छन् । सुदूरपश्चिमका ९ जिल्ला मध्ये बेचबिखनको जोखिममा पर्नेमा सबैभन्दा बढी कैलाली जिल्लाका महिलाहरु छन् ।

दुई जना भारतीय नागरिक बिरुद्ध मुद्धा दर्ता

नेपाली महिलाहरुलाई बेच्ने उद्देश्यले भारत लैजान लागेका दुई जना भारतीय नागरिक बिरुद्ध मुद्धा दर्ता गरिएको छ ।

बाग्लुङ्की एक युवतीलाई भारत बेच्न लैजान लागेको आरोपमा भारत रामनगर घर भएका ४० बर्षिय अफिसर अलि बिरुद्ध शान्ति पुनस्र्थापना गृहले कपिलवस्तु जिल्ला अदालतमा मानव बेचबिखन बिरुद्ध मुद्धा दर्ता गरेको छ ।

अलिले नेपाली युवतीलाई भारत लैजाने क्रममा बनबासाबाट युवतीको उद्धार गरिएको थियो ।

कुखुराको ब्यापार गर्दै आएका उनी बनबासाबाट फरार रहेका थिए । उनलाई यही माघ २७ गते वुटवलबाट पक्राउ गरिएको थियो ।

उनले आफुले बेच्ने उद्देश्यले युवतीलाई भारत लैजान लागेको स्वीकार गरिसकेको कपिलवस्तु प्रहरीलाई उदृत गर्दै शान्ति पुनस्र्थापना गृहले जानकारी दिएको छ ।

त्यस्तै कैलालीकी एक युवतीलाई बिबाहको प्रलोभनमा बेच्न लैजान लागेको आरोपमा भारतिय नागरीक अन्दाजी बर्ष २२ का बिपिन कुमार शाह बिरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता भएको छ । उनी बिरुद्ध पनि शान्ति पुनस्र्थापना केन्द्रले मुद्धा दर्ता गरेको हो ।

पछिल्लो समय भारतिय नागरिकहरु बिभिन्न काम गर्ने बहानामा नेपाल आउने र नेपाली चेलिहरुलाई बिबाह गर्ने प्रलोभनमा भारत लैजाने गरेका छन् ।

पछिल्लो दुई महिनाभित्रै २ जना भारतिय नागरिक पक्राउ पर्नुले त्यसलाई थप पुष्टि गरेको शान्ति पुनस्र्था गृहको भनाई छ ।

यस्तै शान्ति पुनस्र्थापना गृहमा मात्र हालसम्म ४० जना महिला तथा बालबालिकाको हराएको निबेदन परेका छन् । ति मध्ये १० जना फेला परिसकेको र अरु ३० जना भने अँझै सम्पर्कमा नरहेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७१\०७२ मा मानव बेचबिखन सम्बन्धी ७ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कैलालीले यसै आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका ५ बालिका सहित १८ जना बालबालिकाको उद्धार गरेको पनि जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: