बलात्कारीलाई आजीवन कारावास हुने


प्रकाशित मिति :2018-08-09 17:10:32

–महिला खबर–

ललितपुर । सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रि परिषदमा पुुगी छलफलमा रहेको छ ।

महिला र बालिकामाथि बलात्कारका घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन कारावास सजायको व्यवस्थासहित कानून संसोधन गरिन लागिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा मगरले जानकारी दिइन् ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारेमा जानकारी दिइन् ।

१० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन कारावास हुने गरी कानूनमा संसोधन हुने मन्त्री थापाले बताइन् ।

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले बलात्कारीलाई कडा भन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिए ।

जवाफमा महिला मन्त्री थापाले, कडा सजाय र कानूनले मात्र बलात्कार रोकिन गाह्रो हुने भन्दै बलात्कार घटना रोक्न नागरिक स्तरमा जनचेतना बढाउनुु आवश्यक भएको बताइन् । यसका लागि स्थानीय सरकार बलियो र प्रभावकारी हुनु पर्नेमा उनले जोड दिइन् ।

बैठकमा अधिकांश सांसदहरुले महिला र बालिका असुरक्षित बन्ने अवस्था आएको भनी चिन्ता व्यक्त गर्दै नियन्त्रणको उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए ।

बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको भन्दै महिला सांसदहरुले, बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेदन गर्ने, फाँसी दिने वा आजीवन कारावास गर्ने जनदबाब आइरहेको भनी समितिको सभापति र सरकारको ध्यानाकर्षण गराए ।

अघिल्लो संसदमा विधायन समितिका सभापति भइसकेकी सांसद गंगा चौधरीले, ठूलठूला होटलमा गरिने एनजिओ आइएनजिओका कार्यक्रमले समाजमा महिला हिंसा नरोकिने बताइन् । उनले बलात्कार र अपहरण विरुद्ध सरकार कठोर हुनुपर्नेमा जोड दिइन् ।

सांसद पवित्रा निरौलाले बलात्कारीलाई बाँचुन्जेल जेल चलानी गर्नु पर्ने बताइन् ।

सांसद लक्ष्मी परियार, विमला विश्वकर्मा, विमला नेपाली, कलिला खातुन लगायतका सांसदहरुले पनि बलात्कारीलाई कठोर भन्दा कठोर दण्ड सजायको व्यवस्था गर्न माग गरे ।

महिला तथा सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो ।

छलफलको क्रममा सांसदहरुले, समाजमा महिला विरुद्ध हिंसाको घटना बढीरहंदा पनि महिला मन्त्रालय र राष्ट्रिय महिला आयोग सोचेजति प्रभावकारी संचालनमा आउन नसकेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: