शरणार्थी शिविरका महिला दिनहुँ बलात्कृत


प्रकाशित मिति :2018-08-08 14:14:33

ललितपुर । एक रिपोर्टका अनुसार दक्षिणी सुडानको शरणार्थी शिविरका महिलाहरुले दिनहुँ बलत्कारको सामना गर्छन् । दक्षिणी सुडानको राजधानी जुबाको सबै भन्दा ठूलो शरणार्थी शिविरका महिलाहरु खाना बनाउन दाउरा खोज्न हिँड्दा दिनहुँ बलात्कार, अपहरण वा मारिने गरेका छन् ।

दक्षिणी सुडानको ग्यानियल गाउँमा दाउरा बोक्दै एक बालिका

संयुक्त राष्ट्रसंघले लिएको अन्तरवार्ताकाे रिपाेर्ट अनुसार सुडानको शरणार्थी शिविरका करिव ७० प्रतिशत महिला बलात्कृत भएका छन् ।

‘यदि तपाईं दाउरा खोज्न जंगल हिँड्नु भएको छ र प्रहरीहरुले तपाईलाई देखेमा उनीहरुले बलात्कार गर्नेछन् । तर हामी के गर्न सक्छौं र ?’ एक शिविरकी महिला नाइके नाईकिर मुटले भनिन् ।

उनका अनुसार दाउरा खोज्ने काम महिलालाई छुट्याइएको छ । कुनै पनि पुरुषले महिलालाई दाउरा खोज्न सहयोग गर्दैनन् ।

मुट बलात्कृत भएको दिन उनी आफ्नी १० वर्षीया छोरीसँग थिईन् । एक्कासी प्रहरीको एक समूह अग्ला घाँसमाथिबाट हाम्फाल्दै आए । उनीसँगै रहेका धेरै महिलाहरु सुरक्षित भाग्न सफल भए । तर, उनकी छोरी भने प्रहरीको घेरामा परिन् ।

‘मैले मेरी छोरी छोड्न सकिन’ मुटले घटना सम्झिन् । त्यसैले उनी छोरीको पछि गईन् र उल्टै प्रहरीहरुले छोरीको अगाडि उनको बलात्कार गरे । अन्तर्राष्ट्रिय उद्घार समितिका प्रमुख क्रिटिन आयोका अनुसार यस्ता आक्रमणहरु दिनहुँजसो हुन्छन् ।

‘यो बलात्कार मात्र होईन’ उनले थपिन् – ‘यहाँ अपहरण र हत्या पनि हुन्छ ।’

मुट भन्छिन् उनी वा उनकी छोरी शिविर बाहिर जान साहस गर्दैनन् बरु आफ्नो झिनो बचतले दाउरा किन्छन् । पैसा सकिदा उनी दाउरा खोज्न जाने कि भन्ने प्रश्न राख्दा उनले भनिन्, ‘म बरु भोक्कै बस्छु ।’

साभार : वुमन इन द वर्ल्ड

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: