मन्दिरको विज्ञापनमा महिला निषेध


प्रकाशित मिति :2018-08-05 14:11:16

–महिला खबर–

ललितपुर । जागिरको लागि खोलिएको विज्ञापनमै महिलालाई निषेध गरेको सुन्दा तपाईंलाई विश्वास नलाग्ला । तर यो सत्य हो । चितवनको एक चर्चित मन्दिरले कर्मचारीको लागि खोलेको विज्ञापन मै महिलालाई निषेध गरेको छ । पुरुषलाई मात्रै दरखास्त दिन मिल्ने विज्ञापन प्रकाशन गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिले जारी गरेको सूचनामा पुरुषहरु मात्रैलाई दरखास्त दिन भनिएको छ ।

 

२०७५ साउन १९ गते जारी गरिएको ‘कर्मचारी आवश्यकता सम्बन्धी सूचना’ मा भनिएको छ, ‘उपरोक्त समबन्धमा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिलाई कार्यालय समयको लागि एक जना प्लस टू पास भई कम्प्यूटरमा अंग्रेजी नेपाली टाइप गर्न सक्ने दक्ष कर्मचारी आवश्यकता परेकाले योग्यता पुगेका पुरुषहरुले मिति २०७५/४/२६ गतेसम्म मन्दिर समितिमा आवश्यक कागज पत्र तथा निवेदनसहित सम्पर्क गर्न हुन अनुरोध गर्दछौं ।’

मन्दिरका सचिव रेशमलाल सापकोटाको नाममा सूचना जारी गरिएको छ ।

महिला खबरले सचिव सापकोटालाई ‘तपाईंको सूचनामा उल्लेख भए बमोजिम कामको प्रकृति पुरुषले मात्रै गर्न मिल्ने खालको एउटा पनि छैन । तर किन महिलालाई आवेदन दिनबाटै निषेध गर्नुभएको ?’ भनि सोधेको प्रश्नमा उनले भने, ‘मोटरसाईकलमा दौडधुप गर्नुपर्ने र महिलाको लाइसेन्स नहुने हुँदा पुरुषलाई मात्रै निवेदन दिन भनेको हौं ।’

उनले थपे, ‘महिलाहरु नराख्ने भएपनि महिलालाई दरखास्त दिन खुला गरेर किन दुःख दिने भनेर पुरुष लेखिएको हो ।’ यद्यपि महिलाले पनि निवेदन दिन सक्ने र दक्ष महिला भए भर्ना गर्न सकिने उनको भनाई थियो ।

आउने मंसिर ५ गतेदेखि मन्दिरले एक हप्ते धान्याञ्चल आयोजना गर्न लागेको हुँदा त्यसको खटनपटनका लागि कर्मचारी माग गरिएको उनले बताए ।

प्लस टु पास र कम्प्यूटरमा अंग्रेजी नेपाली टाइप गर्न सक्ने दुईटा मात्रै मापदण्ड राखेर सूचना जारी गर्दा महिलालाई निषेध गर्नुको भित्री कारण महिला कर्मचारी महिनावारी हुन्छिन् भनेर त होइन ? भन्ने प्रश्न चाहिँ उनले स्वीकार गरेनन् ।

पुरुष मात्रैले गर्न सक्ने र महिलाले गर्न नमिल्ने, नसक्ने कुनै खास काम नहुँदा समेत विज्ञापन खोलेर कर्मचारी माग गर्दा आवेदन दिनबाटै महिलालाई रोक लगाउने गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिको यो काम संविधान प्रदत्त समानताको हक विरुद्ध छ ।

मन्दिर जस्तो पवित्र मानिने संस्थाले आवेदन दिनबाटै महिलालाई बञ्चित गर्नु भनेको क्षमतावान महिला आएको खण्डमा आफूले जागिर खुवाउन खोजेकालाई खुवाउन सकिँदैन भन्ने डर हुन सक्ने अनुमान स्थानीयको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: