२ छोरी जन्मिए यस्ता छन् सुविधा


बिराटनगर महानगरपालिकाको ‘छोरी बचाऊ, छोरी पढाऊ’ अभियान

प्रकाशित मिति :2018-07-19 13:52:04

–महिला खबर–

ललितपुर । बिराटनगर महानगरपालिकाले ‘छोरी बचाउ, ‘छोरी पढाऊ’ अभियानलाई सशक्त रुपमा अघि बढाउने भएको छ ।

गर्भ परीक्षण गरेर छोरी भए फाल्ने, जन्मिसके पनि नपढाउने परिपाटीको अन्त्य गर्न यस्तो निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले ‘छोरी बचाउ’ योजना अन्तर्गत १९ वटै वडामा छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन भत्ता पनि वितरण गर्ने भएको छ ।
पहिलो सन्तानको रुपमा छोरी जन्माउनेलाई ३ हजार र दोस्रो सन्तानको रुपमा पनि छोरी जन्माउनेलाई थप ३ हजार गरी ६ हजार प्रोत्साहन भत्ता दिने महानगरपालिकाले जनाएको छ ।

पछिल्लो समय गर्भ चेकजाँच गरी छोरा भए राख्ने र छोरी भए फाल्ने प्रचलन बढ्दै गएकाले छोरीलाई पनि जन्म दिनुपर्छ भन्ने सन्देश दिन महानगरपालिकाले यस्तो निर्णय गरेको महानगरपालिकाका सूचना अधिकारी नन्दीपकेशर भण्डारीले बताए ।

छोरी जन्माएबाफत पैसा पाउनका लागि महानगरपालिकाले मापदण्ड पनि तोकेको छ । यसका लागि आमा २० वर्ष उमेर पूरा भएको हुनुपर्ने, गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामै शिशु जन्माएको हुनुपर्ने, आमा नेपाली नागरिक हुनुपर्ने मापदण्ड तयार पारेको छ ।

सूचना अधिकारी नन्दीपकेशर भण्डारीका अनुसार महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक वर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३, ३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको छ ।

छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपैयाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । महानगरमा चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पहिलोपल्ट सञ्चालनमा ल्याएको छ । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको सूचना अधिकारी भण्डारीले महिला खबरलाई बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: