कुरा साउनको हो


प्रकाशित मिति :2018-07-19 12:08:25

–सुजाता ढुंगाना–

घरमा आमाले जहिल्यै भन्नु हुन्थ्यो, आफूभन्दा ठूलासँग प्रश्न गर्नु हुँदैन । ठूलाले भनेको कुरामा असहमती जनाउनु र प्रति प्रश्न गर्नु भनेको मुख मुख लाग्नु हो । अर्थात, तिमी छोरी हौ, चुप लागेर बस । छोरी मान्छे भएर धेरै बोल्न हुँदैन भन्ने हो ।

देशमा नयाँ आर्थिक वर्ष शुरु हुन्थ्यो । अनि हाम्रा गाउँमा चाड पर्वहरू शुरु हुन्थे । माघदेखी सकिएर शून्य जस्तै भएका चाडहरू साउनको संक्रान्तिसँगै भित्रिएर घरघरमा आईपुग्थे ।

घरका रंगहरू उज्याला हुन्थे । खेतमा धानका हरिया बोटहरू देखिन थाल्थे । त्यो त्यही साउनको महिना थियो । जहाँ हरिया र पहेँला रंगका कपडा लगाएर हातमा छिन्छिन् बज्ने चुराहरूको आवाज छोड्दै हत्केला भरी मेहेन्दीका राता रंग पोतिएको हुन्थ्यो ।

असारको अन्तिम दिन । मलाई अहिले पनि याद छ । भोलिपल्टबाट साउन शुरु हुन्थ्यो । हातहरू रंगिन हुन्थे । चुराहरू छिन्छिन् बज्थे । त्यही भएर घर अगाडि रहेको मेहेन्दीको बोटबाट पत्ताहरू टिपेर हामी सिलौटोमा पिस्थ्यौं ।

यसरी पात टिपेर सिलौटोमा पिस्ने कुरा झन्डै ८ वर्ष अघिको हो, जतिबेला हाम्रा गाउँका पसलहरूमा मेहेन्दी अहिले जसरी कुपीमा किन्न पाईदैनथ्यो । गाउँसम्म त्यसरी प्याक गरिएको मेहेन्दी पुगेको थिएन ।

त्यही भएर मेहेन्दी अलि गाढा लागोस् भन्दै हामी तिउरेको पत्ता मिसाएर त्यसमै मसिनो लेदो बनाएर पिस्थ्यौं । कत्ति पटक हाम्रा हातहरू, पिस्दा दलिएको मेहेन्दीले नै रंगिन भै सकेको हुन्थे । अनि हामी घरछेउको इनारमा भएको सिमेन्टिको स्ल्याबमा साबुन लगाएर हात धेरै बेर घोटिरहन्थ्यौं ।

अचम्म लाग्थ्यो । त्यो हरियो पात भएको मेहेन्दी र तिउरेका पातहरू पिसेर हातमा दलेपछि रातो रंग निस्कन्थ्यो । त्यो रातो रंग गाढा भयो भने श्रीमानले धेरै माया गर्छन् ।

अनि मधुरो भयो भने माया नि मधुरो भएर हराउँछ भनिन्थ्यो । अग्रजले भनेका यी कुराहरूमा हाम्लाई पनि विश्वास थियो । र त मेहन्दी लगाएपछि मेरो हातमा गाढा बस्छ कि फिक्का भन्ने डरले मन पोलिरहन्थ्यो ।

तर हाम्ले प्रश्न गर्ने आँट कसैलाई पनि कहिल्यै गरेनौं । हरियो पात पिसेपछि कसरी रातो भयो ? हातमा महेन्दीको रंग गाढा हुनु र फिक्का हुनुसँग श्रीमानले गर्ने माया कसरी जोडिन्थ्यो ? यस्ता प्रश्न गर्न हामीलाई बन्देज थियो ।

म अच्चमित हुँदै सोधेँ ? किन, के भएको छ र ? मेरो प्रतिप्रश्नमा उसले ‘साउन’ उत्तर दियो । प्राय जसो भेट भईरहने हामीमा उसले मलाई भन्यो, ‘तँईले हातमा मेहेन्दी चुरा केही लगाईनस् ?’ म हाँस्दै मौन बसेँ ।

किनकी आफू भन्दा ठूला मान्छे भनेको भगवान हुन् । उनीहरूसँग यस्ता कुराको प्रश्न गर्नु हुँदैन, हजुरआमा भन्नुहुन्थ्यो ।

साउनमा हत्केलामा मेहेन्दीका रंग अनि हातमा हरिया चुरा मिसाएर भगवान शिवको ब्रत बसेपछि श्रीमानको आयु लामो हुन्छ, ममीले भन्नु हुन्थ्यो । तर हजुरआमाले कहिल्यै पनि ब्रत बसेको मैले देख्न पाइन । सायद आमालाई बुढेसकालले छोएको हुनुपथ्र्यो । नभए आमा त्यति नास्तिक हैन भन्ने मेरो बुझाई थियो ।

आमाले ब्रत नबसेर ममीहरू (ठुलोममी, काकी) मात्रै साउनको ब्रत बस्ने भएपछि १ महिनाका लागि घरमा माछामासु र लसुनप्याज बन्द जस्तै हुन्थ्यो । तर शहर छिरेपछी कोठामा साउन न भदौ । खान मन लागेको बेला कोठामा खानेकुराहरू पाक्छ । जहाँ कुनै ब्रतले रोकेका थिएन । तर कुरा असार ३२, आईतबार साँझको हो ।

केटा साथीसँग खाजा खाने कुरा भयो । उसलाई आउन अलि ढिला हुने भएपछि मैले फोनमै खाजा अडरको लागि कुरा गरेँ । उसले कुराकानीको शुरुआतमा साउन लाग्न लाग्यो ।

अब त तँ मासु खाँदीनस् होली । अब, एक महिनालाई पुग्ने माछा मासु सबै आजै खा भन्यो । म अच्चमित हुँदै सोधेँ ? किन, के भएको छ र ? मेरो प्रतिप्रश्नमा उसले ‘साउन’ उत्तर दियो । प्राय जसो भेट भईरहने हामीमा उसले मलाई भन्यो, ‘तँईले हातमा मेहेन्दी चुरा केही लगाईनस् ?’ म हाँस्दै मौन बसेँ ।

तर मलाई भन्न मन थियो, साउनको शुरुमा लगाएर एक साता नबित्दै मेटिएर जाने मेहेन्दीको रातो रंगसँग भन्दा मलाई मेरो जिन्दगीको खुसीको रंग प्यारो छ । जुन यदि मेहेन्दीको रंगले दिन्छ भने मलाई साउन कुर्न पर्दैन ।

यदी भगवानका मन्दिरहरू छिर्दा, मेरा भविष्यका श्रीमान “चरित्रवान” बनेर निस्कने भए, म मात्रै हैन, अछामको साँफेबगर नगरपालिकाकी २२ वर्षीया संगिता घर छेउको वैजनाथ मन्दिरमा सायद दैनिक पूजा गर्न जान्थिन् ।

दिनरात रक्सी खाएर कुटपिट गर्ने श्रीमानहरूलाई सुधार्नका लागि अन्यन्त्र हारगुहार गर्नु भन्दा पहिला भगवानका मन्दिरहरूमा अहिले देखिएको भन्दा लामो लाईन देखिन्छ होला, यदि भगवानको त्यो अदृश्य शक्तिले मान्छे सुधार्न मिल्ने हुन्थ्यो भने ।

सायद, बर्दियामा द्वन्द्वकालका बेला बेपत्ता भएका श्रीमान भेटाईदेउ भन्दै रुबीना दिदी ब्रत बस्ने थिईन् होला ।

अनि म, म पनि आफ्नो सुन्दर भविष्यका लागि किताब कापी बोक्न छोड्थेँ होला । र त्रिभुवन विश्वविद्यालयको लैंगिक अध्ययन पढाई हुने, गौशाला, पींगलास्थान नजिकको क्याम्पस पढ्न जान छोडेर हातमा पूजाको थाली बोकी प्रत्येक बिहान पशुपतीको पूजा आराधना गर्ने थिएँ ।

तर कुरा विश्वासको हो । अदृश्य शक्तिको हो । वर्षोदेखी हामी हुर्किएको संरचनाको हो । अनि उज्वल भविष्य हुन्छ भनेर हुर्काएको सम्भावनाको हो ।

सिउँदोको सिन्दूर पखाल्दै गरेको देख्छु । तब मलाई घोचिरहन्छ, के उनले (श्रीमानको मृत्युमा चुरा फुटाएकी, सिन्दूर पुछिएकी) पूजा गरेर खुसी मागेको मन्दिरको देउता रिसाएका हुन् ?

जसले मलाई वर्षौदेखी मैले साउनको चुरा, मेहेन्दी र हरिया कपडा लगाएर भगवानको पूजा गर्दा मैले मेरो जिन्दगीको खुसीको रंग मानिने हुनेवाला श्रीमानको आयु लामो हुन्छ भनेर, उनी मेरो जिन्दगीको परिभाषा अनुकुलकै असल, चरित्रवान हुन्छन् भनेर सिकाए ।

तिनै सिकेका र जानेका कुरा हेर्दै जाँदा धेरैका भगवान रिसाएछन् क्यार । भगवानलाई खुसी र प्रफुल्लित बनाउने ढंग पुगेनछ क्यार । मन्दिर र घरमा भगवान मानेर पूजा गरिने तिनै श्रीमानका राक्षसी रुप देखिरहेकी हुन्छु ।

अनि त्यतिबेला मन्दिरमा पूजा गरेर घरका भगवान भनिएका श्रीमानलाई सुधार्न आग्रह गरेको देख्ता पनि नसुध्रिएको देखेपछि मलाई भगवानप्रतिको आस्था कमजोर भएर आउँछ ।

जबजब पशुपतिमा बिहान हुलका हुल महिलाहरू श्रीमानको दिर्घायुको लागि पूजा गर्दै गरेको र अर्का हुल महिलाहरू अर्की महिलाका हातका चुरा फुटाउँदै गरेको देख्छु ।

सिउँदोको सिन्दूर पखाल्दै गरेको देख्छु । तब मलाई घोचिरहन्छ, के उनले (श्रीमानको मृत्युमा चुरा फुटाएकी, सिन्दूर पुछिएकी) पूजा गरेर खुसी मागेको मन्दिरको देउता रिसाएका हुन् ? के भगवानको अदृश्य शक्तिले अब काम गर्नै छोडेको हो । फेरि मन बुझाउँछु, प्रकृतिको नियम हो । जन्मपछि मृत्यु । दुःख अनि सुःख । पीडा अनि खुसी ।

त्यही भएर माफ गर प्रिय, तिमीले मेरा हत्केलामा मेहेन्दीका रंग र हातहरूमा चुराका छिन्छिन् आवाज देख्न र सुन्न पाउने छैनौं । मलाई तिम्रो असल चरित्र र दिर्घायुका लागि भगवानलाई पुकार्नु भन्दा भन्दा तिमी माथिको विश्वास र भरोसा कायम राख्नु जरुरी लाग्छ ।

जसले मलाई धर्ममा भन्दा धेरै कर्ममा विश्वास गर्ने बनाएको छ । मन्दिरमा भगवान देखेर आस्थाले शिर नझुक्ने पक्कै हैन । तर त्यो भन्दा धेरै मलाई पुस्तकहरू देखेर श्रद्धाले शिर झुकेको हुन्छ ।

त्यही भएर, साउनमा म धेरै धर्मले भन्दा रहरले हरिया चुरा र मेहेन्दी लगाएका साथीहरू देख्छु । जसले हुनेवाला पतिको दिर्घायु भन्दा आफ्नो खुसीको रंगका लागि ब्रत बसेका छन् । अनि उनीहरू दंग छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: