बालविवाह : किशाेरीले राेक्छन्, परिवारले गराउँछ


प्रकाशित मिति :2018-07-13 14:53:20

–महिला खबर–

ललितपुर । बैतडीमा उमेर नपुग्दै गरिने बिहे रोक्न चुनौती भएको किशोरीहरुले बताएका छन् । जिल्लामा रहेका बाल क्लब, किशोरी समूह लगायत विभिन्न क्लबले बालविवाह न्युनिकरण गर्न अभियान चालेपनि न्यूनिकरण गर्न निकै चुनौती रहेको उनीहरुको भनाइ छ ।

बैतडीका विभिन्न नगर तथा गाउँपालिकामा बालबिवाह न्युनिकरणका लागि गठन गरिएका २४ किशोरी समुहले घरदैलोमै पुगेर चेतना जगाइरहेका छन् । चेतना जगाउने क्रममा किशोरी समूहले अहिलेसम्म उमेर नपुग्दै गरिन लागेका ४२ वटा बालविवाह रोकेको जनाएको छ ।

रोकेका बालविवाह मध्ये धेरैजसोले विहे रोकेको १ वा २ हप्तापछि भागेर विहे गर्ने गरेको निंगलासैनी किशोरी समूहका अध्यक्ष कविता टेलरले बताईन् ।

उमेर नपुग्दै बिहे गर्दा हुने स्वास्थ्य समस्या, मानसिक समस्यवारे अभिभावकलाई सम्झाउँदा पनि उल्टै गालीगलौज गर्ने, देवतालाई बोका चढाएर नराम्रो गराइदिने भनी धम्की दिने गरेको रौलेश्वर चम्किलातारा किशोरी समूहका सदस्य राजु महराले बताइन् ।

किशोरी समूहले रोकेका बालविवाह घरपरिवारकै सहयोगमा भागेर हुन थालेपछि समस्या भएको सयुंक्त राष्ट्र संघीय जनसंख्या कोषका बैतडी जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

अशिक्षा, गरिबी, बेराजगार, पुरातनवादी सोचका कारण बालविवाह भएपनि पछिल्लो समय स्वयं किशोरकिशोरी उमेर नपुगेर आफै भाग्दा पनि जिल्लालाई बालविवाह मुक्त गर्न चुनौती थपिएको शाहीले बताए ।

जिल्लामा सञ्चार र सामाजिक सञ्जाल पनि भागी बिहेको गतिलो माध्याम बन्दै गएकाले यो अभियानमा निकै समस्या देखिएको उनको भनाई छ ।

‘यहाँका किशोर किशोरीले सञ्चारमाध्याम र सामाजिक सञ्जालको सही सदुपयोगको सट्टा दुरुपयोग हुँदै गएकाले समस्या भएको छ’ शाहीले भने ।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले २०१४ मा बैतडीमा गरेकोे सर्वेक्षण अनुसार बैतडीमा ५९.५ प्रतिशत किशोर किशोरीको बिहे उमेर नपुदै गरेको पाइएको छ ।

नेपालमा सबैभन्दा बढी बालबिवाह हुने मध्ये बैतडी पाँचौ जिल्लामा पर्दछ । बैतडीलाई सन २०२२ सम्म बालविवाह अन्त्य जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: