विश्व साइकल यात्री लोकबन्धु यौन शोषणको आरोपमा पक्राउ


प्रकाशित मिति :2018-07-10 17:10:15

–महिला खबर–

ललितपुर । विश्व साइकल यात्री लोकबन्धु कार्की मोरङकी एक किशोरीलाई डेंढ महिनादेखि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् ।
झापा घर भएका कार्कीले नाता पर्ने १७ वर्षीया किशोरीलाई गएको वैशाख २५ गते काठमाडौं टोखास्थित गंगबुमा रहेको आफ्नै ट्राभल एजेन्सी ग्रान्ड काउन्सलिङ सर्भिसमा रिसेप्सनको काम लगाइदिन्छु भन्दै काठमाडौं ल्याएर यौन शोषण गरेको आरोप लागेको छ । ४१ वर्षीय कार्कीले काठमाडौं ल्याएको एक हप्तादेखि नै आफूलाई बलात्कार गर्दै आएको पीडित किशोरीले बताएकी छन् ।

महिला खबरसँग कुरा गर्दै उनले भनिन्, ‘खान, बस्न अफिसमै दिएर मासिक ७ हजार रुपैयाँ पाउने शर्तमा म काठमाडौं आएँ । काठमाडौं आएको एक हप्तादेखि नै ममाथि बलात्कार भयोे । कसैलाई भनिदिए मार्दिन्छु भन्दै धक्क दिन्थे ।’

बाबुआमा भेट्न आएको बेला किशोरीले आफू पटक–पटक बलात्कृत भएको बताएपछि छोरीको न्यायका लागि उनका बुबाआमाले नै यही असार १३ गते उजुरी दिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका किशोरीका बाबुआमा काठमाडौंकै एक रिसोर्टमा काम गर्छन् । असार १३ गते उनीहरु कार्कीलाई नै भेट्न दिनभर त्यही ट्राभल एजेन्सीमा बसेका थिए । तर कार्की विभिन्न बहाना बनाउँदै राती ६ बजेमात्र त्यहाँ आएका थिए ।

अभिभावकले छोरीलाई किन यस्तो गरेको भनेपछि कार्कीले आफूले गल्ती गरेको भन्दै विभिन्न आश्वासन दिएको पीडित परिवारले बताएको छ ।

पीडित युवतीकी आमाले छोरीलाई गरगहना बनाइदिने, केटा खोजेर विवाह गरिदिने भन्दै घटना बाहिर नल्याउन दबाब दिएको बताइन् ।
तर युवतीका अभिभावकले नमानेर सोही राती नै गोगंबु प्रहरीलाई खबर गरेका थिए । गोंगबु प्रहरीले कार्कीलाई १३ गते नै पक्राउ गरी प्रहरी वृत महाराजगञ्जमा बुझाएको थियो ।

युवतीकी आमाले कार्कीका आफन्तले घटना मिलापत्र गर्न अझै पनि दबाब दिने गरेको बताइन् । उनले भनिन्, ‘तेरो छोरीलाई ४ लाख रुपैयाँ दिन्छु ।

आफ्नै खर्चले विवाह गरिदिन्छु भन्दै मिलापत्र गर्न दबाब दिन थालेका छन् । फोन आइरन्छ । डर धम्की देखाइरहेका छन् ।’ उनले आफ्नो छोरीलाई बलात्कार गर्नेसँग मिलापत्र नगर्ने र कानुनी न्याय खोज्ने बताइन् ।

किशोरीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । कार्कीका श्रीमती, एक छोरा र एक छोरी झापामै छन् ।

यता प्रहरी वृत महाराजगञ्जका डिएसपी भेषबहादुर रिजालले कार्की विरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गर्ने तयारी गरेको बताएका छन् ।

उनले भने, ‘हामीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौ । एक दुई दिन भित्र अदालतमा पेश गर्छौ ।’

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: