आमाको हक खोज्दा छोरी जलाएर मारेको आरोपमा बुबा र हजुरआमा पक्राउ


प्रकाशित मिति :2018-07-09 15:01:37

–महिला खबर–

ललितपुर । सुतिरहेकी छोरी जलाएको आरोपमा बुबा, हजुरआमा र फुपू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की १५ वर्षीया समिक्षा ठकुरीलाई जलाएर मारेको आरोपमा उनका बुबा तेजेन्द्र ठकुरी, हजुरआमा हरिकला ठकुरी फुपू मधु र अम्बिका ठकुरीको नाममा आईतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

समिक्षाका मामा बमबहादुर दर्लामीले चारै जना विरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

समिक्षाको फायल फोटो ।

प्रहरीका अनुसार यहि असार ९ गते राती ३ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला आगोमा जल्दै गर्दा समिक्षा चिच्याएपछि छिमेकीले उद्धार गरी बिहानपख उपचारका लागी पाल्पाको सिटी अस्पताल पु¥याएका थिए ।

सिटी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडांैको किर्तीपुरमा रहेको बर्न अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा असार २० गते बुधबार उनको ज्यान गएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले घटना रहस्यमय तरिकाले भएको देखिए पनि अनुसन्धान प्रक्रियामा रहेको हुँदा केहि भन्न नसकिने बताए ।

घटना भएको १३ दिनपछि इलाका प्रहरी कार्यालयमा चारै जनाको नाममा किटानी जाहेरी परेपछि आइतबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको डिएसपी मल्लले बताए ।

किटानी जाहेरी पश्चात मृतकका बुबा र हजुरआमालाई पक्राउ गरी अनुसन्धान थालेको उनको भनाइ छ ।

समिक्षाकी आमा माया थापाका अनुसार समिक्षा ९ महिनाकी छँदा उनका बुवा तेजेन्द्र ठकुरीले दोस्रो बिहे गरे । दोस्रो बिहेपछि तेजेन्द्रले आफूलाई रातदिन कुटपिट गर्न थालेपछि ९ महिनाकी छोरी बोकेर माइतीमा बस्न थालेको उनले बताइन् ।

छोरीकै लालनपालनका लागि उनलाई माइतीको जिम्मा लगाएर विदेशमा काम गर्दै आएकी माया छोरी जलाइएको चौथो दिन नेपाल पुगेकी छन् ।

माया बैदेशिक रोजगारमा हुँदा समिक्षाको लालनपालन उनको माईतीले गर्दै आएका थिए ।

मायाका अनुसार कक्षा १ देखि १० सम्म मामा घरमै बसेर पढेकी समिक्षालाई गत वर्षको तिहारपछि उनका बुबा तेजेन्द्रले अब छोरीलाई आफै पाल्ने भन्दै आफ्नो घर लगेका थिए ।

तर घर लगेपछि हजुरआमा, फुपू र बुवाले कुटपिट गर्ने गरेको कुरा समिक्षाले बताउँदै आएको उनका मामाका छोरा बिनोद दर्लामीले महिला खबरलाई बताए ।

यस्तै समिक्षाले बुझ्न थालेदेखि नै आफूलाई म तपाईंको हक दिलाएरै छोड्छु भन्दै आएको मायाले बताइन् ।

उनका अनुसार मेरो आमालाई किन दुख दिएको भन्दै समिक्षाले बुबा र हजुरआमासँग आफ्नो र आमाको हकका लागि अब म लड्छु भन्दै आएकी थिइन् ।

समिक्षाले कानुनी अधिकारको लागि आवाज उठाउँछिन् र उनलाई अंशसहित लालनपालन र अध्ययनमा खर्च गर्नुपर्छ भन्ने डरले उनको हत्या गरिएको आरोप माया र उनका माइती पक्षको छ ।

समिक्षाका मामा र आमाले दोषीलाई पक्राउ गरी कडा सजायको व्यवस्था नगरेसम्म शब नबुझ्ने अडान राखेपछि समिक्षाको शब शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: