मदिरा सेवन गरी श्रीमतीको हत्या


प्रकाशित मिति :2018-07-05 17:04:00

–महिला खबर–

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हिरा ओलीका अनुसार इन्द्रबहादुरले मदिरा सेवन गरी ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज (बिहीबार) बिहान हत्या गरेका हुन् ।

हिजो राती दुवै जनाले मदिरा सेवन गरी विवाद हुँदा आफूले कुटपिट गरेको र आज बिहान हत्या गरेको कुरा इन्द्रबहादुरले प्रहरीसँग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा घाउ चोट देखिएको डीएसपी ओलीले बताए । घटनालगत्तै लम्की प्रहरीले इन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: