साइबर अपराधको जोखिममा महिला


प्रकाशित मिति :2018-06-25 12:38:42

–महिला खबर–

ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ । यसको जोखिममा सबैभन्दा धेरै महिला रहेका कानून व्यवसायीहरुले बताएका छन् ।

ललितपुर बार एशोसिएसनले गरेको ‘साइबर अपराध विरुद्ध कानुन व्यावसायीहरुको क्षमता अभिवृद्धी’ विषयको कार्यक्रममा सहभागी कानून व्यवसायीहरुले साइबर अपराधको जोखिममा महिला रहेका बताएका हुन् ।

उनीहरुले जिल्लादेखि केन्द्रका सुरक्षा निकाय र अदालतमा साइबर अपराधका उजुरी आउनेक्रम बढ्दै गएको उनीहरुको भनाइ छ ।

काठमाडौं जिल्ला अदालतमा पहिलो पटक २०६८ सालमा सामाजिक सञ्जालबाट पीडित बनेकाहरुको मुद्दा परेको थियो । त्यसयता यस्ता मुद्दाको संख्या बढ्दै गएको अदालतले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंमा आर्थिक वर्ष २०७०/७१ मा साइबर अपराधका ५२ वटा मुद्दा दर्ता भएकोमा २४ मुद्दाको फैसला भइसकेको छ । भने २८ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७१/७२ मा ६१ वटा मुद्दा दर्ता भएकोमा ४५ मुद्दाको फैसला भइसकेको छ भने १६ वटा बाँकी रहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा ६६ मुद्दा दर्ता भएकोमा ५० वटा फैसला भइसकेका छन भने १६ मुद्दा बाँकी रहेका अदालतले जनाएको छ ।

२०७३/७४ मा ५४ वटा मुद्दा दर्ता भएकोमा ४७ वटा फैसला भइसकेका छन् । भने ७ वटा बाँकी रहेका छन् । यस्तै २०७४/७५ बैशाखदेखि जेठ २३ सम्ममा १८ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

पूर्व न्यायाधीश गौरी ढकालले पछिल्लो समय बढेको सुचना प्रविधिले समाजमा डरलाग्दो अवस्था सिर्जना भएको बताएकी छन् । प्रविधिको विकास हुनु राम्रो पक्ष भएपनि यसको दुरुपयोगले भयावह स्थिती सिर्जना भएको उनको भनाई थियो ।

फेसबुक, भाइबर, टुईटर लगायतका सामाजिक सञ्जालको नेपालमा पनि दुरुपयोग भएको बेला यसको सिकार महिलाले हुनुपरेको उनको भनाइ छ । महिलाको नामबाट नक्कली फेसबुक बनाउने, फेसबुकबाट फोटो राखेर अन्य नराम्रो फोटोमा जोडिदिने, अश्लील शब्द प्रयोग गर्ने लगायतका हिंसा महिलाले नै भोग्नुपरेको उनको भनाई थियो ।

नेपालमा इन्टरनेटको प्रयोगले महिलामाथि विभिन्न हिंसा भएपनि उजुरी प्रकृया जटिल भएको उनको भनाई थियो । समाजमा हुने यस्ता अपराध नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउँदै उनले यसका लागि नयाँ कानून आवश्यक रहेको जनाइन् ।

नेपा प्रहरीका डिआइजी जयबहादुर चन्दले बढ्दो साइबर अपराधले शान्ति सुरक्षामा समेत असर परिरहेको बताए । इन्टरनेट सेवाले अपराध पनि बढ्दै जाँदा अहिले नेपालमा भएको प्रहरीको जनशक्तिले धान्न नसक्ने स्थिती रहेको बताए ।

न्यायाधीश रत्नबहादुर वागचन्दले व्यक्तिगत विवरण सामाजिक सञ्जालमा राख्दा झनै समस्या भएको बताए । फेसबुकमा आफना बायोडाटा, काम गर्ने ठाउँ, पेशा सवै विवरण राख्दा यसले ह्याक गर्ने ह्याकरहरुलाई सजिलो हुने गरेको भन्दै व्यक्तिगत विवरण फेसबुकमा नराख्न आग्रह गरे । यस्तै नचिनेकाहरुलाई साथी नबनाउन पनि सल्लाह दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: