टोल टोलमा प्रहरी


प्रकाशित मिति :2018-06-25 11:07:37

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा विरुद्ध चेतना मुलक घरदैलो अभियान सुरु गरेको छ ।

दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकको नेतृत्वमा थालिएको अभियान आइतबारदेखि सुरु भएको हो । अभियान दोलखाको सदरमुकाम चरिकोटबाट सुरु भएको हो ।

आईतवार सदरमुकाम चरिकोटको पसल र सडकमा आवत जावत गरिरहेका मानिसलाई महिला हिंसा, घरेलु हिंसा, विभिन्न अपराधिक घटना र चोरी नियन्त्रणमा अपनाउनु पर्ने सजगताबारे जानकारी गराईएको थियो ।

दोलखामा महिला हिंसा, घरेलु हिंसा, मदिरा सेवन, चोरी लगायतका घटना नियन्त्रणको टोल टोलमा प्रहरी कार्यक्रम अन्र्तगत घरदैलो अभियान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

उनले आफु दोलखामा महिला हिंसा तथा घरेलु हिंसा अन्त्यको लागि सक्रिय रहने र यसको लागि समुदायले समेत साथ दिनुपर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: