प्रहरीको न्याय : ज्यान लिन खोज्ने श्रीमानकै जिम्मामा श्रीमती


प्रकाशित मिति :2018-06-24 16:31:50

–महिला खबर–

ललितपुर । श्रीमानले कुटेर सख्त घाइते भएकी महिलालाई न्याय दिनुको सट्टा इलाका प्रहरी कार्यालय पथरीले मेलमिलाप गराई कुट्ने श्रीमानको जिम्मा लगाएर पठाएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ४ की ५५ वर्षीष डिकमाया बराइली परपुरुषसँग बोलेको आरोपमा श्रीमानले कुट्दा सख्त घाइते भएकी थिईन् ।

उनको दाहिने हात भाँच्चिनुको साथै टाउकोमा चोट लागेको थियोे । टाउकोको चोटमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै ६० वर्षका बेदबहादुर बराइली प्रकाउ परेका थिए । प्रहरीले कुटपिट गर्ने श्रीमान् बराइलीलाई कारबाही गर्नुको सट्टा मेलमिलाप गराएर पठाएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका मोरङका सइ सूर्य प्रसाईंले परिवारका छोराबुहारी आएर अबदेखि मिलेर बस्ने भनेपछि मिलापत्र गरी अाइतबार पठाएको बताए । डिकमायाले भने ३ वर्षयता श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: