जेष्ठ एकल महिलालाई सम्मान


प्रकाशित मिति :2018-06-24 15:54:24

-महिला खबर-

ललितपुर । ८ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा काठमाडौं चन्द्रागिरी नगरपालिका ९ मा रातो अभियान तथा जेष्ठ नागरिक एकल महिलालाई सम्मान गरिएको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफामको सहकार्यमा चन्द्रागिरी एकल महिला नगरसमितिले आयोजना गरेको कार्यक्रममा २० जना जेष्ठ नागरिक एकल महिलालाई सम्मान गरिएको थियो । अभियान स्वरुप एकल महिलाले रातो टिका र रातो कपडा समेत लगाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद रमा आलेमगरले एकल महिलाको समस्या समाधान गर्न आफू तत्पर रहेको बताइन् । उनले भनिन्, ‘नगरपालिकादेखि मन्त्रालयसम्म तपाईहरु योजना लिएर आउनुस् हामी सम्बोधन गर्न तयार छौं ।’

कार्यक्रममा थानकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद शाहीले एकल महिलाका समस्या समाधान गर्न वडा, नगरपालिका तयार रहेको बताए ।
मानव अधिकारका लागि महिला, एकल महिला समूहका महासचिव कुन्दा शर्माले राष्ट्रिय विकासमा एकल महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने माग राख्दैै एकल महिला विरुद्ध हुने हिंसा अन्त्य हुनपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडा नं १५ की वडा सदस्य श्रुती मालीले आफु एकल हुँदाको अनुभव सुनाउँदै एकल महिलाले पनि केही गर्न सक्ने बताइन् ।

चन्द्रागिरी नगर समितिका एकल महिला समुहकी अध्यक्ष शान्ति महर्जनले आफूले एकल भएकै कारण भोग्नुपरेको संघर्ष र एकल महिलाको क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराइन् ।

एकल महिलाहरु शिक्षाकै कारण रोजगारी नपाउने, आर्थिक अवस्था कमजोर हुने समस्या हुने हुँदा लक्षित महिलाको लागि छुट्टिने बजेटमा एकल महिला शिर्षक दिनुपर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: