अविवाहित छोरीको प्रश्न


प्रकाशित मिति :2018-06-24 14:59:01

गर्भमै युद्धमा होमिएर भाग्यले बाचेकी म
जन्मन सक्नु मै आफ्नो जित महशुस गर्छु
आगन, ओदानो र मदानीलाई साथी बनाएर
म हुर्किए,
प्लास्टिकको
हवाईजहाज र भलिबललाई
साथी बनाएर भाइ हुर्कियो !

हामी हुर्कन चाहिँ दुबै हुर्कियौँ
जब म पोटिली भएँ
राम्री हुँदै गएँ
मेरो नयन र नितम्बमा
कामुक नजरहरु बर्सिन सुरु भए
त्यी कामुक नजर मेरा बा कै उमेरका बा हरुका थिए
मेरै भाइका उमेरका अरु भाईहरुका थिए
प्रकृतिको नियमानुसार नै भएकी थिएँ ‘छुई’
घरको धुरीबाट पर गाईगोठमा किन मैले रगतसङ्ग
लत्पतिएर शरीरका रक्ताम्य दागहरु आशुले पुछ्नुपर्यो ?

अन्जु स्मारिका

जब जब नारीको औचित्य बुझ्न थाले
आमालाई बाले चुतिया बनाएको देख्न थाले
अमुर्त सिन्दुर चुरा दिएर नानिहरुलाई ललिपप देखाए जस्तो
सुरक्षाको नाममा ।
के के मात्र शोषण गर्दैन पुरुष
त्यही सिन्दुरको आधारमा आमा
कहिले नोकर्नी बनिन्, कहिले धोबिनि बनिन् र
कहिले बेश्या बनिन्
बा को ईशारामा ओछ्यान बन्नु के उनको रहर थियो ?
फुपूहरुको ढाडमा फुपाजुहरुको दारुको दम्भ अडिएको छ
बहिनीको मस्तिष्क ज्वाईको आँखाको सुन्दरताको लागि बोधो भएको छ
दिदीलाई भिनाजुले हरेक दिन ‘रण्डि’ को उपमा दिन्छन्
पढेर इन्जिनिएर बन्छु भन्ने सखी
आफ्नै केटा साथीबाट बलात्कृत भई
प्रेमको च्यादर ओढाएर साथीलाई नंग्याउनु
के साथीको धर्म भित्र पर्छ ?

पदले अधिकृत छिमेकी दिदी पनि
अफिसमा खरदार स्तरको कर्मचारीले हेप्छ भनेर गुनासो पोख्छिन्
जातले दलित उनको चिया नास्ता खादा टेबल छुटिन्छ
यो कस्तो नारी सशक्तिकरण
यो कस्तो जातिय स्वतन्त्रता हो ?

दाईजोको लागि जलाईएकी बिनिता दर्जी,
गरिबीको कारण बेचिएकी चरीमाया,
आमा र दाईको इज्जत जोगाउने निउमा जलाईएकी शिबा हास्मी,
सत्य लेखेकै भरमा मारिएकी उमा सिंह,
आवाज उठाएकै कारण झुण्डाएकी रिता बदिनी,
यी र यस्तै कयन रियल नायीकाहरु
अरुकै यौन प्यास मेटाउन जन्मिएकी सुन्तली धामीलाई
सिद्दाईएको यो असुरक्षित आगनमा आज
अरुले भने भन्दैमा भन्नेबित्तिकै
कुन खुसीले ? कुन उमंगले कुन आधारले म
विवाहका प्रस्तावहरु स्वीकार गरु ?

आधा मस्तिष्क भरी समाजको यथार्थ यथावत छ
आधा मस्तिष्क भरी नीजि रहरहरु यथावत छन्
सोचेर म पागल भएँ भने
लडेर म अपांग भएँ भने
सुनेर म बहिरो भएँ भने
बोल्न नचाहेर म लाटो भएँ भने
नैरास्यताले म नराम्री भएँ भने
अथवा म आफ्नो नीजि अस्मिता र परिचयको लागि जीवनका मैदानहरु उत्रीए भने
के यसरी नै आउलान् प्रस्तावहरु
विवाह र प्रेमको खोल ओढेर ?

रंग्याएर देखाओस् यो समाजले झमक दिदीको सिउँदो
मन हेरेर उचाइँ हेरेर गर्ने हो सहयात्रा
सोच हेरेर र सोचाईको सगरमाथा हेरेर
बन्ने हो जीवनसाथी
गहना प्रदर्शनी गर्न, बच्चा जन्माउने मेसिनजीवी
छोराहरुले गुमाएको ईज्ज फिर्ता ल्याउन
समाजमा सभ्यता स्थापित गर्न
बा को खान्दानी रबैया जोगाइ राख्नलाई मात्र
के म तयार भएर बसु ?

सिन्दुरको रङ्ग स्वाभिमानी शिरमा खनाउन
साच्चै यो अभिव्यक्तिको आकाशमा
अस्मिताको लडाइँ लड्ने मेरो
शितयुद्दको यो कस्तो तयारी हो ?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: