एसईईमा छात्रा : उपस्थिति बढी, नतिजा कम


प्रकाशित मिति :2018-06-24 14:14:16

–महिला खबर–

ललितपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राहरुको सहभागिता बढी भएपनि नतिजामा भने छात्राको अवस्था कमजोर देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको एसईईको नतिजामा छात्रको तुलनामा छात्राको अवस्था कमजोर देखिएको हो ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी भएका थिए । जसमा २ लाख २७ हजार ९ सय ३१ जना छात्रा र २ लाख २३ हजार ६ सय १ छात्र थिए । जुन छात्र भन्दा छात्रा ४ हजार ३ सय ३० ले बढी हो । तर नजितामा छात्रको अवस्था राम्रो छ ।

परीक्षामा ३.६५ देखि ४ जीपीए ल्याउने छात्राको संख्या ६ हजार १ सय ६१ जना रहेको छन् । त्यसमा छात्रको संख्या ८ हजार ७३ जना रहेका छन् ।

यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने छात्राहरुमा २० हजार १ सय ८३ जना छन् भने छात्रमा २५ हजार ९ सय ४७ जना रहेको छ ।

२.८५ देखि ३.२० जीपीए ल्याउने छात्रामा २१ हजार ४ सय ८५ र २७ हजार ५ सय ५२ छात्र रहेका छन् ।

२.४५ देखि २.८० जीपीए ल्याउने छात्रामा ३३ हजार ५ सय ७२ जना रहेका छन् । सोही जीपीए ल्याउने छात्रको संख्या ३६ हजार ९ सय ४० रहेको छ ।

२.४० जीपीए  भन्दा कम ल्याउने छात्रा बढी
२.०५ देखि २.४० जीपीए ल्याउने छात्राको संख्या बढी देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २.०५ देखि २.४० जीपीए ल्याउने छात्राको संख्या ३२ हजार ९ सय ७० जना रहेको छ जुन छात्रको संख्या २८ हजार ९ सय जना रहेको छ ।

यस्तै १.६५ देखि २ जीपीए ल्याउने छात्राको संख्या ५६ हजार ४ सय ९३ जना रहेका छन् भने छात्रको संख्या ५६ हजार ४ सय ९३ र छात्रको संख्या ४४ हजार ५ सय ५० रहेको छ ।

१.२५ देखि १.६० जीपीए ल्याउने छात्राको संख्या २० हजार ३ सय २० रहेको छ भने छात्रको संख्या १५ हजार २ सय ६४ रहेको छ ।

०.८५ देखि १.२० जीपीए ल्याउने छात्रामा ३१ हजार ४ सय ९१ रहेका छन् भने छात्रको संख्या २७ हजार १ सय ९७ रहेका छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: