तस्कर ठेगान लगाउन महिलाकाे गस्ती


प्रकाशित मिति :2018-06-21 12:46:15

ललितपुर । जिम्बाबेमा महिलाहरू अफ्रिकाको एक सबैभन्दा ठूलो हात्तीको समूहलाई रक्षा गर्ने रेन्जरको रूपमा काम गरिरहेका छन् । यो अपेक्षा गरिएको भन्दा बढी सफल भईरहेको छ ।

बीबीसी समाचार युनिटले आकाशिङ्गा (महिला शिकारी विरुद्घ लड्ने एक समूह) सँग यात्रा गरे । समाचार युनिटले आकाशिङ्गाले चार शिकारीहरुलाई नियन्त्रणमा लिएको पनि देखे ।

समाचार युनिटसँग कुरा गर्दै भिम्बाई, आकाशिङ्गाका एक शीर्ष रेन्जरको भनिन्, ‘बहादुरहरु’ र धेरै पुरुषहरुबाट महिलाहरुले सशस्त्र सहितका र खतरनाक शिकारीहरुविरुद्घ लड्न नसक्ने टिप्पणी गरेको पाएकीे थिएँ ।’

‘उनीहरूले सोच्थे कि हामी यो गर्न सक्दैनौँ । तिनीहरू पूर्णतया गलत छन्’ भिम्बाई हाँस्दै भन्छिन् । उनको हाँसोले उच्च क्षमता भएको बन्दूक सहित एक आत्मविश्वासी मुस्कान बोकेको भान गराउँछ । उनका अनुसार आजसम्म उनको र उनका सहकर्मीहरुले ३० भन्दा धेरै शिकारीलाई पक्राउ गरेका छन् ।

‘आफ्नै गाउँमा वा छिमेकी गाउँमा बस्ने शिकारीहरुलाई समात्न धेरै गाह्रो छ । तपाईं यदि मेरो छिमेकी वा नातेदार हुनुहुन्छ तर केही गल्ती गर्नुभयो भने म तपाईंलाई समात्नेछु’ उनले भनिन् ।

आकाशिङ्गाका धेरै सदस्यहरु दुव्र्यवहारबाट पीडित वा एकल कि त अविवाहित महिलाहरु हुन् । न्याराजो होतोका लागि, यो अवसर एक रेन्जर बनेर जनावरहरूको सुरक्षा गर्ने मौका मात्र नभएर आफ्नै क्षमताको अनुभव गर्ने मौका पनि थियो ।

‘मेरो पूर्व पतिले मलाई शोषण गर्ने गर्दथे’ होतोले भनिन्, ‘उनीसँगको जीवन एक कठिन समय थियो किनकी मैले मेरा सबै लक्ष्यहरुलाई विस्तारै भईरहेको अनुभव गरिरहेकी थिएँ । म कुनै काम पुरुषका लागि मात्र नहुने भनेर साबित गर्न चाहन्छु । मलाई आशा छ कि मैले यो प्रमाणित गरिसकेकीे छु ।’

आकाशिङ्गाका संस्थापक डेमीन मन्डरले भने उनको संरक्षणमा काम गरेको अनुभवले उनलाई थाहा भयो कि महिलाहरू वास्तवमा पुरुष भन्दा बढी शिकारीहरुको प्रतिरोध गर्न सक्षम हुँदा रहेछन् ।

‘विगतमा हामीलाई देशभरबाट रेन्जरहरू भर्ती गर्नु पर्थ्याे र यस्तो कठिन क्षेत्रको सुरक्षा गर्नुपर्थ्याे । तिनीहरू स्थानीय समुदायका मानिसहरूद्वारा प्रभावित हुँदैनथे । खसमा महिलाहरु कसैको प्रभावमा पर्दैनथे’ म्यान्डरले भने ।

‘मैले ६/७ वर्ष पहिले १ सय ८९ जना भर्ती गर्नका लागि जिम्मेवारी पाएको थिएँ । छनौटको पहिलो दिनको अन्त्यमा, मात्र तीनजना प्रतिस्पर्धीहरु बाँकी थिए । तेस्रो दिनको अन्त्यसम्म केवल तीन महिला मात्र छनौट भए ।’

‘लामो समयसम्म गरिएको प्रयत्नले समुदायको मन र मस्तिस्क जित्न सफल भएको छ’, उनले थपे । ‘र त्यसो गर्न सबै भन्दा प्रभावकारी तरिका महिलाहरु मार्फत छ । महिलाहरूलाई अवसर दिएको खण्डमा संरक्षण प्रणलीलाई चुस्त बनाउन सक्ने दृढता उनीहरुमा छ ।’

स्रोत : विमेन ईन द वर्ल्ड

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: