उद्यमशिल बन्दै दुधौलीका महिला


प्रकाशित मिति :2018-06-21 12:11:31

–रविन्द्र भट्टराई–

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका महिला सीपमुलक तालिममा व्यस्त छन् । दुधौली नगरपालिकाले महिलाको उद्यमशिलता विकासको लागि सीपमूलक तालिम सञ्चालन गरेको हो ।

दुधौली नगरले महिलाको आयआर्जनका लागि ढाका बुनाई, कम्युटर सिकाई, सिलाईबुनाई, व्युटिसियन तालिम र सरफ बनाउने तालिम लगायतका कार्यक्रमहरु ल्याएको थियो । हाल ढाका बुनाई तालिम सञ्चालनमा छ ।

दुधौली नगरपालिका १४, की भीमाकुमारी लामा ढाका बुन्ने तालिम सिकिरहेकी छिन् । उनी जस्तै दुधौलीका २५० जना भन्दा बढी महिला सीपमुलक तालिम सिक्न व्यस्त छन् । दुधौली नगरपालिका १३, की कृष्ण कुमारी कार्की पनि ढाका बुनाई तालिम सिकिरहेकी छिन् । उनले सीप सिकेर उद्यमी बन्न प्रेरणा मिलेको बताए ।

दुधौली नगरपालिकाको दोश्रो नगरसभाले प्रत्येक वडामा दुई दूई लाख गरी २८ लाख बजेट विनियोजन गरी महिलाहरुलाई तालिम दिइएको हो । वडा नम्बर १३ का वडा अध्यक्ष मिलन सुनुवारले तालिममा ढाकाबाट रुमाल, सल लगायत बुन्न सिक्दै गरेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: