बलात्कारको आरोपमा पक्राउ


प्रकाशित मिति :2018-06-20 13:30:51

-महिला खबर-

ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय बही घले रहेका छन् ।

असार १ गते दिउँसो महिलाका बाबु खेतमा र आमा मिलमा गएको बेला घलेले उनलाई बलात्कार गरेको पीडित आफन्तको आरोप छ ।
२८ वर्षकी महिला राम्रोसंग बोल्न र हिँड्न समेत सक्दिनन् ।

महिलालाई अभिभावकले घरमा ढोका लगाएर राखेका थिए । तर उनी बेहोस भएको र बलात्कृत भएको उनको माईजुले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घलेलाई सोही दिन नै पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख डिएसपी राम बहादुर केसीले महिला खबरलाई जानकारी दिए । महिलाको काठमाडौंस्थित प्रसुति गृहमा उपचार गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: