यस्तो छ नेपालमा बालश्रम (फोटो फिचर)


सन्दर्भः विश्व बालश्रम विरुद्ध दिवस

प्रकाशित मिति :2018-06-12 15:36:59

–सन्दिप वि.क–

ललितपुर । आज विश्व बालश्रम विरुद्व दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैँ छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको निकृष्ट बालश्रम निर्मूलनसम्बन्धी महासन्धि नं १८२ लाई अनुमोदन गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

 

नेपालको संविधान २०७२ ले बालश्रमलाई संवैधानिकरूपमा निषेधित गरेको छ । तर बालश्रम भने अन्त्य हुन सकेको छैन । अन्तर्राष्ट्रिय श्रम संठनको तथ्याङ्क अनुसार विश्वभर १६ करोड ८० लाख बालबालिका श्रममा संलग्न छन् ।

बालश्रममा संलग्न बालबालिकामध्ये आधा जनसंख्या अर्थात् आठ करोड ४० लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेका छन् ।
नेपाल विश्वमा निकै उच्च बालश्रम दर रहेको मुलुकमध्ये एक हो । नेपालमा बालश्रममा संलग्न ३० प्रतिशतभन्दा बढी बालबालिका जोखिमपूर्ण श्रममा संलग्न छन् ।

बालश्रमिकहरूको संख्या धेरै हुने देशमा दक्षिण एसियामा भारत, बङ्गलादेश र पाकिस्तान पछि चौथो स्थानमा नेपाल पर्छ ।
नेपालमा रहेका पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये २६ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।

अर्को एक अध्ययनका अनुसार, नेपालमा ९२ प्रतिशतभन्दा बढी बालबालिकाले बिनाज्याला घरभित्र र बाहिर काम गरेको पाइएको छ ।
श्रम शक्ति सर्वेक्षण २००८ अनुसार, नेपालमा १६ लाख बालबालिका श्रममा संलग्न रहेको पाइएको छ ।

अध्ययनका आधारमा नेपालमा रहेका धेरै बालश्रमिक अनौपचारिक क्षेत्रको श्रममा संलग्न छन् । नेपालमा श्रममा संलग्न भएका १६ लाख बालबालिकामध्ये करिब नौ लाख बालिका तथा सात लाख बालक रहेका छन् ।

सन् २०११ मा श्रम विभागले काठमाडौंमा गरेको अध्ययनले यातायात क्षेत्रको श्रममा मात्रै ३ सय ८४ जना बालबालिका रहेको देखाएको छ ।
सन् २०१५ को डिसेम्बरमा बालविकास समाज र सेभ दि चिल्डे«नले भक्तपुरका १५ वटा इँट्टा भट्टामा गरेको अध्ययनमा ४ सय ९० जना बालबालिका भेटिएका छन् ।

विश्वास नेपाल संस्थाले काठमाडौंमा गरेको कार्यक्रम र अध्ययन अनुसार एक हजार पाँच सय बालबालिका न्युरोड तथा जमल क्षेत्रमा मनोरञ्जन क्षेत्रको श्रममा संलग्न पाइएको थियो ।

चार महिनामा बालश्रमका १ सय ४० घटना

चार महिनाको अवधि (२०७४ मंसिरदेखि फागुनसम्म) बालश्रमसम्बन्धी १ सय ४० वटा घटना घटेको पाइएको छ ।

केन्द्रीय बालकल्याण समितिले चार महिनाको अवधिमा सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको चौमासिक विश्लेषणका क्रममा यस्तो तथ्य पाइएको हो । चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ ।

बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकको रुपमा सबैभन्दा बढी ४३ प्रतिशत (६० जना) रहेको छ भने ईट्टा उद्योगमा २६ प्रतिशत (३६ जना) र पढाई खर्च जुटाउन ३१ प्रतिशत (४४ जना) बालबालिका रहेका छन् ।
बालबालिका अन्तर्गत बाजुराबाट ५५ जना बालबालिकालाई पढाई दिन्छु भन्दै काठमाडौं लगायतका अन्य शहरहरुमा घरेलु बालश्रमिकको रुपमा प्रयोग गरिएको पाइएको थियो ।

जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका ईट्टाँ उद्योगहरुमा गरिएको अनुगमनबाट २० जना (१६ बालक, ४ बालिका) बालबालिकालाई उद्धार गरिएको थियो ।

पढाई खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना (१६ बालक र ८ बालिका), मकवानपुरमा ८ जना बालबालिका राजमार्गमा लालिगुराँस बेच्दै, गोरखामा ६ जना बालबालिका भरियाका रुपमा रहेको पाईयो भने अन्य ६ जना खोटो सङ्कलन कार्यमा संलग्न भएको देखिन्छ । बालश्रमिकको रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत (७९जना) र बालिका ४४ प्रतिशत (६१ जना) रहेका छन् ।

समूहका आधारमा १० वर्ष वा सो भन्दामुनीको ११ जना, ११ देखि १४ वर्षको ४४ जना र १५ देखि १८ वर्षको ८५ जना रहेका छन् । आ.व. २०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कार्तिक) मा १३ वटा बालश्रमसम्बन्धी घटना भएकोमा यस अवधि (मंसिरदेखि फागुन) मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका थिए । यसबाट बालश्रमको संख्यामा निकै वृद्धि भएको देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न माग

–महिला खबर– ललितपुर । कानूनमा रहेका विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

बोक्सीको प्रमाणपत्र माग्दै लिरा राजधानीमा

–इन्द्रसरा खड्का– यदी बोक्सी हुन्छ र म बोक्सी नै हो भने मलाई सरकारले प्रमाणपत्र दिनुपर्छ ।

महिला सुरक्षाका लागि आत्मरक्षा

हार र जीतका लागि खेलिने खेल भन्दा महिलालाई संभावित हिंसाबाट जोगिन सिकाउने आत्मरक्षा सीप आजको

आमाको नाममा नागरिकता दिन माग (फोटो फिचर)

–महिला खबर– ललितपुर । नागरिकता विधेयक संशोधनको माग गर्दै काठमाडौंमा दबाव र्‍याली प्रदर्शन गरिएको छ

‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहनालाई

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: