लाखौको संख्यामा हराएका बालिका कहाँ छन् ?


प्रकाशित मिति :2018-06-12 12:07:34

ललितपुर । सन् २०११ मा भारतमा भएको जनगणनाले देखाएको तथ्य अनुसार सात वर्ष मूनिका बालिकाहरुको संख्या घट्दै गएको छ । यस बारेमा अभियानकर्ताहरुले गएको १० वर्षमा करिब ८० लाख भ्रुणको लिंग पहिचान पछि हत्या गरिएको अनुमान गरेका छन् ।

कलवाँतका ३ छोरी छन् । उनीहरु क्रमशः २४, २३ र २० बर्षका भए । र उनको तेस्रो छोरी र छोराबीचको जन्मान्तरमा उनी तीन पटक गर्भवती भईन् ।

हरेका पटक जब उनी गर्भधारण गर्छिन्, भु्रणको लिङ्ग पहिचान गरिन्छ । यदि गर्भमा छोरी रहेछ भने गर्भपतन गर्न लगाईन्छ । उनी भन्छिन्, ‘मेरी सासुले छोरी जन्माई भनेर सँधै मेरो अपमान गर्छिन् । यदि मैले छोरा जन्माईन भने उनको छोराले मलाई पारपाचुके गरिदिन्छ रे ।’

कलवाँतलाई उनले गरेको पहिलो गर्भपतनको सम्झना अझ पनि ताजै छ । ‘गर्भ करिब ५ महिना जतिको थियो । गर्भमा छोरी थिईन् । उनी साह्रै सुन्दर थिईन् । म उनलाई र अरु जो–जति मारिए सबैलाई सँधै सम्झिरहन्छु’ उनले आँशु झार्दै भनिन् ।

छोरा नजन्मिदासम्म कलवाँतले दिनदिनै श्रीमान, सासु र देवरको कुटाई खानुका साथै अपमान सहनु पथ्र्यो । उनी भन्छिन्, – एक पटक त तिनीहरुले उनलाई जलाउन समेत प्रयास गरे ।

‘उनीहरु निकै रिसाएका थिए । कुनै पनि हालतमा परिवारमा छोरी देख्न चहाँदैनथे । उनीहरु धेरै दाईजो पाउने आशामा पनि छोरा नै चहान्थे’ उनले भनिन् ।

सन् १९६१ देखि भारतमा दाईजो प्रथालाई गैर कानुनी घोषणा गरिएको छ । तर अभ्यासमा भने यो पुरै देशभरि छताछुल्ल छ । यसको मुल्य झन् बढ्दो क्रममा छ । जसले धनी तथा गरिब सबैलाई असर गरिरहेको छ ।

छोरा जन्मेको तीन वर्ष पछि कलवाँतका श्रीमानको निधन भयो । ‘ती छोरीहरुको हत्या गरेको पाप लागेर होला उनको चाँडै मृत्यु भएको ।’ उनले दुखेसो गरिन् ।

साझा धारणा

कलावाँतकी छिमेकी रेखा एक मोटी तीन वर्षे छोरीको आमा हुन् । गत सेप्टेम्बरमा, जब रेखा गर्भवती भईन् र भिडियो एक्सरेको प्रतिवेदनमा दुई जुम्ल्याहा छोरी रहेको थाहा भयो । त्यसपछि उनकी सासुले उनलाई गर्भपतन गर्न दबाब दिईन् ।

रेखाले भनिन्, ‘मैले त छोरा र छोरीमा केही फरक छैन भनेर कति सम्झाएँ तर उनीहरुले यसलाई बेग्लै तरिकाले बुझे । छोरी जन्मिदा कोहि पनि खुसी हुँदैनथे । उनीहरु भन्थे कि छोरा भए वंश अगाडि बढाउँछ । तर छोरी भए बिहे गरेर अर्कैको घर जान्छन् ।’

रेखा र कलवाँत दुबैजना दिल्लीको दक्षिण–पश्चिममा पर्ने सागरपुरका गरिब परिवारका महिला हुन् । उनीहरुको कथा करिब मिल्दोजुल्दो छ । र भारतमा अरु लाखौं महिलाहरुको कथाहरु पनि यस्तै पीडादायी छन् ।

सन् १९६१ को तथ्य अनुसार भारतमा एक हजार केटा हुँदा ९ सय ७६ केटीको संख्या थियो । जुन तथ्याङ्क हाल ९ सय १४ मा झरेको छ । यद्यपि, चीन पछि भारतको संसारमा सबैभन्दा कमजोर लैङ्गिक अनुपात रहेको तथ्य छ ।

धेरै कारणहरुले गर्दा भु्रण हत्या, छोरीलाई बेवास्ता गर्ने लगायतका गलत व्यवहार गर्ने गरेको पाईन्छ । तर अभियानकर्ता भन्दछन्, खासमा त गर्भावस्थामा लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गर्ने हुँदा यो समस्या चुलिएको हो ।

राष्ट्रिय लज्जाको विषय

भारतका गृह सचिब जि.के पिलाई भन्छन्, ‘विगत ४० वर्षयता विभिन्न जनगणनाहरुको प्रतिवेदनलाई आधार मान्ने हो भने बालिबालिकाको लैङ्गिक अनुपातमा खासै त्यस्तो परिवर्तन त देखिँदैन ।’

पूर्व प्रधानमन्त्री मनमोहन सिंह भन्छन्, ‘महिला भु्रणहत्या तथा गर्भपतन जस्ता काम त राष्ट्रिय लज्जाका विषय नै हुन् ।’ तर सबु जर्ज, एक अभियान्ता हुन् । उनी भने सरकारले यस्ता अपराध रोक्न कुनै कदम नचालेको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘३० वर्ष अघिसम्म भारतमा लैङ्गिक अनुपात उपयूक्त नै थियो । सन् १९७४ मा दिल्लीमा एक मेडिकल ईन्ष्टिच्युटले गरेको अध्ययनले लिङ्ग पहिचानका लागि गरिने परीक्षण महिलाहरुका लगि फाईदाजनक रहेको तथ्य सर्वजनिक गरेको थियो ।

जर्ज भन्छन्, ‘सन् १९८० को दशक तिर दिल्लीका सबै पत्रपत्रिकाहरुले लिङ्ग पहिचानको सुविधालाई खुबै विज्ञापन गरेका थिए । पञ्जाबमा त क्लिनिकहरुले फुर्तिका साथ प्रचार गरेका थिए कि हामीसँग छोरी भ्रुण निर्मुल पार्ने १० वर्षे अनुभव छ त्यसैले हामीकहाँ आउनुहोस् गर्भपतन गराउनुहोस् भनेर ।

गर्भपतन सामान्यतया १२ हप्ता सम्मकोलाई मात्र गर्न पाईने कानुनी मान्यता छ । र लिङ्ग १४ हप्तादेखि मात्र पहिचान गर्न पाउने ब्यवस्था छ ।

वास्तवमै दुःखद

दक्षिण–पश्चिमी दिल्लीका पूर्व जिल्ला आयुक्त मिसेस जोशी भन्छिन्, ‘उक्त क्षेत्रमा दर्जनौं अल्ट्रासाउण्ड क्लिनिकहरु छन् । सात वर्ष मुनिका प्रति हजार केटाहरु हुँदा जम्मा ८ सय ३६ जना केटी हुनु दिल्लीको अहिलेसम्म कै खराब लैङ्गिक अनुपात हो ।

‘यो त निकै पीडादायी कुरा हो । हामी त यो देशका बहुमुल्य रत्न पो हौ त जसको यो कम्जोर अनुपात छ’, उनी थप्छिन् । पञ्जाब र हरियाना राज्यमा पनि लैङ्गिक अनुपात एकदमै खराब छ । अघिल्लो जनगणनाको तथ्यले यी राज्यहरुमा लैङ्गिक अनुपात केहि सुधार भएको देखाउँछ । तर देल्लीको भने झन् असन्तुलित देखिन्छ ।

मिसेस जोशी भन्छिन्, ‘यहाँ केहि न केहि गलत त भईरहेकै छ र त्यसलाई सुधार्न केहि त गर्न जरुरी छ ।’ अल्ट्रासाउण्ड क्लिनिकहरुको बाहिर हामी यहाँ गैर कानुनी लिङ्ग पहिचान गर्ने छैनाैं भन्ने सन्देश लेखिएको बोर्ड टाँस्नु पर्छ ।

तर, सागापुरका महिलाहरु भन्छन्, यहाँका सबै जसो मानिसहरुलाई थाहा छ कि अल्ट्रासाउण्ड गर्न कहाँ र कतिबेला जानुपर्छ भन्नेकुरा । यदि कसैलाई अल्ट्रासाउण्ड गरि भु्रणको लिङ्ग पहिचान गर्न मन लाग्यो भने तुरुन्तै गर्न पाउँछन् ।

त्यसका लागि पाँचतारे क्लिनिकमा १० हजार भन्दा बढी लाग्छ भने ग्रामीण ईलाकामा १ सय रुपैयाँमा समेत काम चल्छ । यसैगरि गैर कानुनी रुपमा गर्भपतन गर्नका लागि भने ठाँउ र सेवाको गुणस्तर अनुसार फरक–फरक शुल्क तिर्नुपर्छ ।

यस्ता लिङ्ग पहिचान गरि गर्भपतन गर्ने घटना दिल्लीमा मात्र नभइ भारतका अन्य सहरहरुमा पनि हुने गर्दछन् । जम्मु र कास्मीरमा पनि लैङ्गिक अनुपातको खाडल बढ्दै गएको छ ।

मिसेस जोशीका अनुसार बढीजसो दोषीहरु मध्यम वर्गीय परिवारका छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि कहाँ–कहाँ यस्ता सुविधाहरु पाईन्छन् भन्ने कुरा ।

‘हामीले यस्ता लिङ्ग पहिचान गरि गर्भपतन गर्ने धन्दाको अन्त्य गर्न केहि प्रभावकारी कदम चाल्न आवश्यक छ । र यस्ता काममा संलग्न डक्टरहरु विरुद्ध उजुरी गर्न उत्तिकै जरुरी छ । अन्यथा सन् २०२१ सम्ममा लैङ्गिक अनुपातको सन्तुलन निकै खराब भइसक्छ’ मिस्टर जर्ज भन्छन् ।

साभार : बीबीसी 

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

–महिला खबर– ललितपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले दश वर्षे द्वन्द्वका क्रममा यौन हिंसामा परेका

विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी

–महिला खबर– ललितपुर । काठमाडाैं महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु

–महिला खबर– ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै

बलात्कारको आरोपमा पक्राउ

-महिला खबर- ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना

बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै

–पार्वती ऐडी– बझाङ । जिल्लाको तल्कोट गाउ“पालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: