अपाङ्गता भएकी छोरीको गर्भ रोक्न संगिनी सुई !


प्रकाशित मिति :2018-06-03 15:14:14

– इन्द्रसरा खड्का

ललितपुर । टिनले बारेकोे छाप्रो । वरिपरि ठुला ठूला पक्की घरले घेरिएको छ । नजिकै छ भुकम्पले भत्काएको घरको भग्नावशेष । छाप्रोमा झ्याल छैन । न त बलियो ढोका नै छ ।

ढोका काठको पल्लाको सट्टा प्लाष्टिकको पर्दा झुण्ड्याइएको छ । देशकै केन्द्रीय राजधानीको एक परिवारको बासस्थल हो यो । काठमाडौंको टोखास्थित यो घरमा २ आमा छोरी बस्छन् । आमा र छोरी दुबै अपाङ्ग । बुबा पनि सुस्त मनस्थिती । बोल्न पनि सक्दैनन् । उनी प्राय घरमा बस्दैनन् । बासको पनि ठेगान हुँदैन । कहिले घर, कहिले सडकको पेटीमै उनी रात बिताउछन् । सरकारले दिएको अपाङ्गता परिचय पत्रमा आमाको अवस्था सुस्त मनस्थिती लेखिएको छ । छोरीको चाँही छोरी बौद्धिक अपाङ्ग ।

जेठको पहिलो साता त्यहाँ पुग्दा आमा र छोरी खाना खाँदै थिए । ‘घरमा को हुनुहुन्छ ?’ हाम्रो आवाजपछि छोरी निस्किइन् । उनको आवाज स्पष्ट थियो ।

त्यहाँ हामी नयाँ भयौं । उनी हामीलाई देख्ने बित्तिकै एकैछिन् टोलाईन् । प्रश्न गर्यौं, ‘आमा खै ? खाना खायौ ?’ हामीले प्रश्न माथि प्रश्न थप्यौं । उनले बुझेको प्रश्नको उत्तर पनि दिँदै गईन् ।

खाना खाइसकेपछि आमाले घरको भित्र लगिन् । सुकुल ओच्छ्याईन् । अनि हामीलाई बस्न इसारा गरिन् । छाप्रोभित्र एकापट्टी खाना पकाउने ठाउँ रहेछ अर्को कुनामा सुत्ने ठाउँ । राम्रोसँग बस्ने ठाउँ पनि थिएन । हामीले सकेसम्म युवतीकी आमालाई बुझाउँदै कुरा सुरु गर्यौं ।

लर्बरिएको लबजमा अामाले जवाफ दिन थालिन् । हातको इसारा लगाउँदै छोरीबारे भनिन् । उनका अनुसार छोरी अहिले २७ वर्ष पुगिन् । के राम्रो, के नराम्रो उनलाई थाहा हुँदैन । दिएको खानेकुरा खाने, भोक लागेको पनि थाहा हुँदैनथ्यो । उनको अनुसार बेला बेला छाेरी कता जान्छिन् आमालाई पनि थाहा हुँदैन ।

कहिले राती घर आउँछिन् कहिले आउँदिनन् । आमाले थपिन् ‘ कहाँ जान्छे के गर्छे ठेगान हुँदैन । कहिले हिँड्दै गरेको मान्छेलाई हिर्काउँछे कहिले गुड्दै गरेको गाडीमा ढुंगा हान्छे ।’

अपाङ्गता भएकै कारण उनी यौन हिंसामा समेत पर्ने गरेकी छिन् । घरमै आएर पनि छाेरीलाई बलात्कारको प्रयास समेत भएको आमाले बताईन् । उनका अनुसार एकदिन खाना पकाइरहेको बेला एक जना केटा घरमै आएर छोरीलाइ जबरजस्ती गर्यो । कोठाभित्रै पसेर जबरजस्ती गर्न थालेपछि छाेरी चिच्याइन् । वरपरका मान्छे जम्मा भए । त्यसपछि केटो फरार भए ।

त्यति मात्रै होइन कहिले घरमै गाडी ल्याएर केटाहरुले छाेरीलाई लिएर पनि जाने गरेका छन् । केटाहरुले घरमै आएर छाेरीलाई लैजाँदा अपाङ्ग आमा बिरोध गर्न सक्दिनन् । न त आफ्नी छोरीको सुरक्षा नै ।

                       स्वास्थ्य चौकीमा तीन महिने सुई लगाएको कार्ड

बरु छोरीको गर्भ नबसोस् भन्दै परिवारले नै उनलाई गर्भनिरोधक तीन महिने सुई लगाईदिएका छन् । ३/३ महिनाको फरकले सुई लगाउनुपर्ने भएकाले अब डाक्टरले साउन २१ गते सुई लगाउने अर्को मिति तोकिदिएका छन् । बैशाख २१ गते सुई लगाएकाले अब साउन २१ गते छोरी लिएर जाने उनकी आमाले भनिन् ।

यौनजन्य हिंसामा पर्दा गर्भ बस्ने डरले गर्भनिरोधक डिपो सुई लगाउन थालेपछि छाेरी मोटाउँदै गएकी छिन् । तौल बढ्दै गएपछि अहिले हिँड्न गाह्रो हुने, हात खुट्टा दुख्ने गरेको पनि उनीले आमासँग गुनासो गर्ने गर्छिन् ।

अपांगता परिचयपत्र हातमा, भत्ता पाउन सकेनन्

उनका ५ परिवार मध्ये ३ जना अपाङ्गता भएका र एक छोरा र बुहारी मात्र सवलाङ्ग छन् । तर, छोरा बुहारी तीन अपाङ्गता भएकाहरुसँग बस्दैनन् ।

सवलाङ्ग एक छोरा पनि अलग बस्दा उनीहरु रेखदेख गर्नेहरुको पनि समस्या छ । अपाङ्गता भएका आमा, बुवा र छोरी तीनै जनाको अपागता परिचय पत्र छ । २०६५ सालमा अपाङ्गता परिचय पत्र बनाए पनि उनीहरुले भत्ता रकम भने पाएका छैनन् ।

परिचय पत्र पाइसकेपछि २०६५ सालको असार र साउनमा उनले १ हजार रुपैयाँ सेवा पाएकी छन् । भने उनका श्रीमानले एक महिनाको ६ सय रुपैयाँ मात्रै सेवा पाएका छन् । छाेरीले त अहिलेसम्म रकम पाएकी छैनन् ।

बौद्धिक अपाङ्गता महिलालाई गर्भनिरोधक साधन

अपाङ्ग महिला संघका अध्यक्ष निर्मला धितालले बौद्धिक अपाङ्गता भएका महिला नकै जोखिममा रहेको बताइन् । उनीहरुलाई सुरक्षित राख्न अथवा गर्भ बस्न नदिनको लागि अधिकांश सबैका परिवारले परिवार नियोजनका अस्थायी साधन प्रयोग गराइरहेको उनको भनाइ छ ।

अध्यक्ष धितालले भनिन्, ‘बाहिर खुलेर परिवारले जानकारी नगराए पनि प्रयाजसो बौद्धिक अपांगता भएका महिलाहरुको सुरक्षा परिवार नियोजनको अस्थायी साधन डिपो, नरप्लान्ट हुने गरेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: