लोग्ने मान्छे


प्रकाशित मिति :2018-05-27 13:59:43

आमा उही, कोख उही, जन्मान्तर मात्र फरक,
आज छोरी समाजको नजरबन्दमा छ
छोरो स्वतन्त्र सम्बन्धमा छ
के तलाई थाहा छ, आज त्यही आमा भएर तैले जीवन पाइस्
आमाको वात्साल्य कुल्चेर महापुरुष भइस्,
जवानी चढ्यो
तेरा तिघ्रा सप्रे
मत्ताहात्ती भइस्
अझ भन्दै हिँड्छ्स्
मूर्ख आइमाईहरू, नाथे आइमाईहरू,
थुइक्क ! तँ जस्ता पाखन्डि लोग्ने मान्छे ।

आफ्नै प्रेमिकाको खोइरो खन्छस्
भिडमा आफ्नो नपुंसकता देखाउछ्स्
मौका पाइस् कि झगडा गर्छस्
गाली गर्छस्
धम्की दिन्छस्
अपशब्द ओकल्छस् ।
एउटा पत्नी बिना तेरो जीवन अँध्यारो
तेरो परिवार अधुरो
तेरा सारा यात्राहरू खल्ला
तँ सधै शून्य शून्य हुन्छस्
खाली खाली बन्छस्
अनि खोक्दै हिँड्छ्स
म बिना घर चल्दैन,
थुइक्क ! तँ जस्ता खोक्रो लोग्ने मान्छे ।

रेनुका कार्की

४ महिनाको शिशु बलात्कृत हुन्छे
छोरी आफ्नै बुबाको ओछ्यानको दासी हुन्छे
सारा पुरुष मिलापत्रमा जोड जोडले लाग्छन्
निर्दोषलाई न्याय छैन,
पैंसामा जवानी किन्छस्,
आज त व्यापारी भइस्,
बजारमा बिक्ने भइस्
हजारमा साँटिने भइस्,
थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

तँसँग आउँदा सारा कुरा
छोडेर आफ्नो थर फेर्छे
तेरो नामको त्यो सिन्दुर भर्छे
शरीरमा तेरो नामको हल्दी लाउँछे
चुरा हातमा
पोते गलामा
पायल पाउमा
विर्य तेरो, पाठेघर उस्को सन्तान तेरो नामको
७ फन्का विवाह मण्डप घुमाएकी पत्नीलाई नोकर सोच्छस्
थुइक्क ! तँ जस्तो पापी लोग्ने मान्छे ।

महाभारतमा कृष्णको इतिहास हुँदै, रामको रामायणसम्म
भीषण लडाइँ लडिस्,
विराट सन्धि गरिस्,
ठूलाठूला सृष्टि रच्ने भइस्,
चन्द्रमामा घर बनाउने भइस्,
आज पनि आकास धर्ती जोड्छस्
मख्ख बनाउने भाषण छाँट्छस,
वुद्धिजीवी हुँ भन्छ्स्
तर न बैनी, न दिदी, न आफ्नै घरको आमा चिन्छस् ।
थुइक्क ! तँ जस्ता घाती लोग्ने मान्छे ।

तँ आफूलाइ आदर गरोस् भन्छस्,
तेरो इसारामा नाचोस् ठान्छस्,
तेरा कुराहरू नकाटोस् ठान्छस्
अहँ तँ त छोरो मान्छे आफूलाइ मर्द मान्छस्,
सारा केटीहरू तेरा लागि बाँचुन् सोच्छस्,
तेरो इच्छामा यहाँ नाटक सुरु हुन्छ,
अनि घृणा गर्छस्
हेला गर्छस्
लत्याउछस्
थुइक्क ! तँ जस्ता जाली लोग्ने मान्छे ।

Gokuleshwar, Baitadi

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

–महिला खबर– ललितपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले दश वर्षे द्वन्द्वका क्रममा यौन हिंसामा परेका

विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी

–महिला खबर– ललितपुर । काठमाडाैं महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु

–महिला खबर– ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै

बलात्कारको आरोपमा पक्राउ

-महिला खबर- ललितपुर । धादिङको नीलकण्ठ नगरपालिकामा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना

बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै

–पार्वती ऐडी– बझाङ । जिल्लाको तल्कोट गाउ“पालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: