उच्च रक्तचापः गर्भवती महिला झनै जोखिममा


सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस

प्रकाशित मिति :2018-05-17 14:50:10

–सन्दिप वि.क–

ललितपुर । जनकपुर स्थायी घरभई हाल किर्तिपुर बस्दै आएकी २६ वर्षीया अस्मिता शाही बुधबार काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भेटिइन् ।

उनी अस्पताल भर्ना भएको २ दिन भयो । रगत बग्ने, पानी बग्ने समस्या भएपछि वैशाख ३१ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई सुत्केरी हुने मिति यही जेठ २९ गते दिइएको छ । तर अहिलेदेखि नै रगत र पानी बग्न थाले पछि अस्पताल भर्ना भएको उनले बताइन् ।

                                                                               -अस्मिता शाही-

गर्भावस्थाको आठौं महिनामा उनलाई रक्तचापको समस्या देखियो । अस्मिताले उच्च रक्तचापको औषधि खाइराखेकी छिन् । उनले भनिन्, ‘डाक्टरले प्रेसर हाइ छ भनेका छन् । औषधि खाइराखेको छु । अहिले अलि ठिक भएको छ ।’

यो उनको दोस्रो गर्भ हो । पहिलो सन्तान जन्माउँदा भने कुनै समस्या नभएको उनले बताइन् । यस पटकको गर्भवती हुँदा उनले किर्तिपुर अस्पतालमै चार पटकसम्म गर्भ जाँच गरिन् । पहिलो सन्तान जन्मिएको ६ वर्ष पछि उनले दोस्रो सन्तान जन्माउन लागेकी हुन् ।

खोटाङ घर भई हाल ललितपुर भैंसेपाटी बस्दै आएकी २५ वर्षीया कञ्चन राई पनि थापाथली प्रसूति गृहमै भेटिइन् । राई अस्पताल भर्ना भएको बुधबार दुई दिन भएको थियो ।

              -कञ्चन राई-

डाक्टरले वैशाख २३ गते सुत्केरी हुने दिन तोकेका थिए । तर पनि अहिलेसम्म सुत्केरी नभए पछि उनी अस्पताल भर्ना भएकी हुन् । उनमा पनि रक्तचाप देखिएको छ ।

‘शिशु कम चलेपछि अस्पताल भर्ना भएकी हुँ । डाक्टरले प्रेसर बढेको छ भनेका छन् । अहिले अलि कम भएको छ’ उनले भनिन् । उनी पनि दोस्रो पटक सुत्केरी हुँदैछिन् । पहिलो पटक शिशु जन्माउदा उनलाई यस्तो कुनै समस्या भएको थिएन ।

अस्पतालमा आउने प्रत्यक एक सय जना गर्भवती महिला मध्य ५ देखि १० जनामा उच्च रक्तचापको समस्या देखिने गरेको प्रसूति गृहकी नर्स गायत्री सुवेदी बताउँछिन् ।

उनी भन्छिन्, ‘बिरामी हेरेर औषधि दिने गरेका छौं । कसैलाई फलोअपमा लागि बोलाउँछौ भने कसैको सर्जरी गरेर छिट्टै शिशु निकाल्ने अवस्था आउन सक्छ ।’

गर्भ रहनुअघि सामान्य रहेको रक्तचाप गर्भवती भए पछि करिब १५ प्रतिशत महिलाहरूमा बढ्छ । त्यस्तै गर्भ रहेको २० हप्ता जति अवधि पछि उच्च रक्तचापको समस्या देखिने गरेको छ ।

‘गर्भवतीे मृत्युको मुख्य कारण उच्च रक्तचाप’

डा. जागेश्वर गौतम, वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

के हो उच्च रक्तचाप ?

मुटुबाट रक्त सञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । हाम्रो मुटुले रगत पम्प गर्दा कति बल लगाएर पप्प गर्छ । त्यो नै उच्च रक्तचाप हो ।

हाम्रो मुटुमा नसाहरू हुन्छन् । कति फुक्न सक्छन्, कति खुम्चिन । मान्छेको शरीरमा रगतको भोलुम कति छ । मुटुले प्रेस गर्दा बाहिर तिरको नसा टाइट छ भने बल लगाउनुपर्छ । जसले गर्दा प्रेसर बढ्न थाल्छ ।

शरीरमा हुनुपर्ने भन्दा रगतको मात्रा बढी भयो भने उच्च रक्तचाप हुन्छ । जस्तो नुन बढी खाने मान्छेको रगतको भोलुम बढी हुन्छ । पानीको मात्रा बढी हुन्छ । यसले पनि प्रेसर बढाउँछ । यसर्थ प्रेसर भनेको शरीरमा मुटुले ब्लड पम्प गर्दा लगाउने बलको प्रोडक्ट हो ।

गर्भावस्थामा कस्तो किसिमको उच्च रक्तचाप देखिन्छ ?

गर्भवती महिलामा तीन खालको उच्च रक्तचाप हुन्छ । एउटा गर्भवती हुनभन्दा अगाडि नै उच्च रक्तचाप हुन्छ ।

उच्च रक्तचाप जसलाई क्रोनिटाइपोटेन्सन भनिन्छ । गर्भवती हुनभन्दा पहिल्यै वा गर्भवतीको २० हप्ता भित्र रक्तचाप बढ्छ । त्यो गर्भावस्थाको कारणले हुँदैन, अरु नै कारणले हुन्छ ।

अर्को भनेको २० हप्ता पुगेपछि गर्भावस्थाको कारणले प्रेसर बढ्छ । त्यो पनि दुई खालको हुन्छ । एउटा प्रेसर बढ्यो । २० हप्ता पछि अनि मृगौला पनि इन्भल्ब भयो । त्यसबाट पिसावमा प्रोटिनहरू निस्किन्छ । त्यसलाई क्रिलिम्पिसिया भन्छौं । प्रेसर बढ्यो तर पिसावमा प्रोटिन देखिएन भने त्यसलाई जेष्टेसनल हाइपोटेन्सन भन्छौं ।

सबैभन्दा डरलाग्दो अवस्था भनेको गर्भवतीमा उच्च रक्तचाप भयो भने मृगौला पनि इन्भल्ब (सहभागी) हुन्छ । यो भनेको प्रेसर पनि उच्च हुने हो । यसमा पिसावमा प्रोटिन जान्छ । यो प्रिकिम्सिया हो । यो प्रिकिम्पिसियालाई राम्रोसँग उपचार गरेन भने मान्छे काँप्छ ।
यो प्रिकिम्पसिया एक सय जना मध्य १२ देखि १५ जना महिलालाई हुन्छ । त्यसमा पनि त्यो १२ देखि १५ जनामा सबैलाई नराम्रो हुँदैन । १ देखि २ जनालाई एकदमै उच्च रक्तचाप हुन्छ । जसलाई सीवीआर प्रिकिम्सिया भन्छौं ।

यो हुँदा कस्तो असर गर्छ ?

प्रिकिम्सिया अलि जटिल खालको हुन्छ । यसको कारणले गर्भमा रहेको शिशु नबढ्ने हुन सक्छ । शिशुले जति अक्सिजन पाउनुपर्ने हो त्यो पाउँदैन । अक्सिजन नपाएपछि शिशु बढ्दैन् । एक सानो शिशु भयो ।

दोस्रो जुन शिशुले खान पाउँदैन्, त्यसले पिसाव पनि कम फेर्छ । पिसाब कम फेर्नाले शिशु खेल्ने पानी पनि कम हुन्छ । पानीको पोका भनेको शिशुले फेरेको पिसाब हो । त्यो पनि कम हुन्छ । अर्को शिशु दुब्लो, सानो र ख्याउटो हुन्छ । शिशु पेटभित्र मर्ने सम्भावना पनि त्यतिकै हुन्छ ।

अर्को रक्तचाप बढेपछि आमालाई कम्पन हुन सक्छ । यसलाई मेडिकल भाषामा इक्लेम्पसिया भन्छौं । मान्छे छारे रोग जसरी काँप्छ । सिथिल हुन्छ र मान्छे बेहोसै हुन्छ । जसको कारण आमाको मृत्यु हुन्छ ।

संसारभरि आमा मर्ने प्रमुख कारण इक्लेम्पसिया हो । आमाको मृत्युको दोस्रो कारण मात्रै रगत बग्ने हुने हो ।

त्यसैले उच्च रक्तचाप भयो भने शिशु बढ्न सकेन भने महिना नै नपुगी निकाल्नु पर्ने अवस्था हुन सक्छ । त्यसले गर्दा शिशु पनि मर्ने सम्भावना हुन्छ । बाँच्यो भने त्यसलाई आइसीयुमा राख्नुपर्ने हुन्छ ।

उच्च रक्तचाप हुँदा महिलामा कस्ता लक्षण देखिन्छ ?

लक्षण हेर्दा केही देखिदैन । कसैको खुट्टा सुन्निएको हुन्छ । तर गर्भावस्थामा यसै पनि सुन्निन सक्छ । कसैको पिसाबमा एल्वुमिन देखिन्छ तर अरु नै कारण हुन सक्छ । कसैको शिशु बढेन, पेट सानो छ अर्थात हुनुपर्ने आठ महिनाको शिशु ६/७ महिनाको जस्तो मात्रै देखियो भने ए कतै प्रेसर त बढेको छैन भनेर प्रेसर जाँचे पनि थाहा हुन्छ ।

लक्षण देखिदा धेरै ढिलो हुन्छ । शरीर सुन्निने, काँप्ने, शिशु नबढ्ने त्यो भइसक्दा धेरै ढिलो हुन्छ । त्यो भएर लक्षण देखिए पछि होइन्, नदेखिदै रक्तचाप जाँच गर्नुपर्छ ।

पहिलो पटक भर्गवती हुँदा उच्च रक्तचाप भयो भने दोस्रो पटक पनि हुने सम्भावना हुन्छ ?

सम्भावना हुन्छ । त्यसका लागि गर्भावस्थामा उच्च रक्तचापबाट बँच्नुपर्छ । पहिलो पटक गर्भवती हुँदा प्रेसर बढेको छ, बेहोस भएको छ भने अर्को पटक गर्भवती हुँदा त्यसबाट बच्नका लागि केही उपायहरू छन् । हामी त्यसबाट बच्न औषधि दिन्छौ । अनुसन्धानले के भनेको छ भने औषधिले ५० प्रतिशतमा प्रेसर बढ्न दिँदैन ।

उच्च रक्तचाप हुँदा आमा र शिशुको ज्यानमा कत्तिको जोखिम हुन्छ ?

उच्च रक्तचार हुँदा जुन साल हुन्छ त्यो साल पनि सानो हुन्छ, बढ्दैन् । शिशु जन्मिए पछि मात्रै त्यो साल छुटिट्ने हो । कहिले शिशु नजन्मिदै साल छुट्टिन्छ । त्यो भयो भने शिशु मर्छ । अर्थात साल छुट्टिएको तीन मिनेट भित्रै शिशु मर्छ ।

एकातिर रगत बगिरहेको छ, अर्कोतिर रगत जमिराखेको हुन्छ । जसलाई हामी मेडिकल भाषामा डीआइसीइ भन्छांै । रगत जम्यो भने शरीरमा रगत बढ्नबाट रोक्ने जुन कण हुन्छ, त्यो सबै खर्च हुन्छ र शरीरको अर्को ठाउँमा ब्लीडिङ हुन्छ । त्यसैले आमा र शिशुको मृत्युको सम्भावना अत्यन्तै उच्च हुन्छ । आमा र शिशुको मृत्युको एउटा मुख्य कारण गर्भावस्थामा उच्च चाप हो ।

उच्च रक्तचाप कम गर्न गर्भावस्थामा के–के कुरामा ध्यान दिनुपर्छ ?

गर्भवती हुँदा रक्तचाप बढी छ कि छैन भनेर जाँच्ने व्यवस्था हुनुपर्छ । अहिले पनि ८० प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा गएर जचाउँछन् । २० प्रतिशत अझै स्वास्थ्य संस्था जाँदैनन् भन्ने छ । त्यसैले स्वास्थ्य संस्था आफ्नो घरको पहुँच नजिक हुनुप¥यो । अर्को सस्तो, गुणस्तर पनि हुनुपर्‍यो ।

गर्भावस्थामा महिलाले चार पटकसम्म स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ भनेर चेतना हुनुपर्छ । यसले गर्दा भोली हुने हानी, जटिलता कम हुन्छन् ।

घरपरिवारले कस्तो जिम्मेवारी बहन गर्नुपर्ला ?

घरपरिवारको पनि ठूलो जिम्मेवारी छ । कम्तिमा पनि स्वास्थ्य संस्थामा जाने दिन घरबाट छु्ट्टि दिनुपर्‍यो । जस्तो तिमी जँचाउन जाउ भनेर । श्रीमान साथै जाँदा अझ राम्रो । घरपरिवारले पोषिलो खाना खान, आराम गर्न, घरको वातावरण शान्त राख्न, गर्भवतीलाई राम्रो हेरचाह गर्ने राम्रो वातावरणको व्यवस्था गर्नुपर्छ ।

यसमा समाजको पनि भूमिका छ । कुनै गर्भवती महिला जँचाउन गएकी छैनन् भने जँचाउन जाने सल्लाह र सहयोग गर्नुपर्छ । स्वास्थ्य संस्थामा जचाएर प्रेसर जाँच्यो भने प्रेसर के कति छ भनेर थाहा हुन्छ र प्रेसरका कारण आमा र शिशुलाई असर गर्छ भनेर साथीभाई र समाजले भन्नुप¥यो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: