संसदीय समितिका सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य


प्रकाशित मिति :2018-05-15 16:09:14

– महिला खबर

ललितपुर । प्रतिनिधि सभा अन्तर्गत गठित संसदीय समितिहरुको सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसदमा पेश गरेको मस्यौदामा समितिका सभापतिहरु मध्ये कम्तिमा ३३ प्रतिशत समिति सभापति महिला हुनुपर्ने व्यवस्था गरिएको हो ।

मस्यौदाको १७३ नम्बर परिच्छेदको उपनियम १३ मा ‘सभापतिको निर्वाचन गदौ विषयगत समितिमा कम्तिमा एक तिहाई महिला सभापति निर्वाचित हुनेगरि व्यवस्था गरिनेछ’ भनिएको छ ।

संसदमा छलफलकै क्रममा रहेको मस्यौदामा १० वटा संसदीय समिति हुने व्यवस्था गरिएको प्रतिनिधि सभा नियमावली मस्यौदा समतिका सभापति कृष्णभक्त पोखरेलले बताए ।

प्रस्तावित १० समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार समिति रहेका छन् । त्यस्तै कृषि सहकारी तथा प्रकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन् ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले बैशाख २३ गते प्रतिनिधि सभा नियमावली मस्यौदा संसदमा पेश गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: