समाचार प्रभावः घर निकाला भएकी १३ वर्षीया आमालाई सहारा


प्रकाशित मिति :2018-05-14 17:34:06

–महिला खबर–

इनरुवा । जिल्ला अस्पताल इनरुवामा पाँच दिनदेखि उपचाररत१३ वर्षीया आमालाई थप उपचारका लागि काठमाडौं ल्याइदै छ ।

छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिराहाको गोलबजारमा रहेको घरबाट लखेटिएकी इनरुवाकी ममता मरिकलाई थप उपचारका लागि आज काठमाडौं ल्याइन लागेको जिल्ला अस्पताल इनरुवा सुनसरीले जनाएको छ ।

१२ वर्षको उमेरमा बालविवाह गराइएकी ममता सिराहा गोलबजारका प्रकाश मरिककी श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालविवाह गरिदिएको बताइएको छ ।

श्रीमानबाट घरेलु हिंसाको शिकार भई नवजात शिशुसहित घरबाट निकालिएकी ममतालाई नातापर्ने व्यक्तिले उपचारका लागि अस्पतालमा छोडेर गएका थिए । उनी अस्पतालमा भर्ना भए पछि हेरचाह गरिदिने आफन्त समेह कोही नहुँदा पाँच दिनदेखि अस्पतालले नै निशुल्क उपचार र हेरचाह गर्दै आएको थियो ।

बैशाख ३० गते आइतबार ‘छोरी जन्माएको भन्दै १३ वर्षकी किशोरी घर निकाला’ शिर्षकमा महिला खबरमा समाचार प्रकाशित भए पछि ममतालाई अधिकारकर्मीको सक्रियतामा थप उपचारका लागि ओसीएमसी इनरुवाले काठमाडौं ल्याउन लागेको बताइएको छ ।

ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रमा राख्ने गरी ल्याइन लागेको जनाइएको छ ।

सो संस्थाले कुपोषित बच्चा र आमाको निशुल्क उपचारसहित खानपानको व्यवस्था गर्ने बताइएको छ ।

यो पनि हेर्नुस्

छोरी जन्माएको भन्दै १३ वर्षकी किशोरी घर निकाला

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: