थारु महिलाको करोडको होटल


आर्थिक क्रान्ति सँगै सोच परिवर्तन गर्ने अभियानमा थारु महिला

प्रकाशित मिति :2018-05-14 13:36:09

–ज्ञानु पंगेनी–

नवलपरासी । पछाडि पारिएका भनेर चिनिने थारु समुदायका महिलाहरू जागरुक हुन थालेका छन् । आत्मविश्वाससहित नेतृत्व गर्ने क्षमता वृद्धि गर्दै सामाजिक र आर्थिक कुरामा अग्रसर हुन थाले पछि थारु महिलाहरू प्रेरणाको स्रोत समेत बन्न थालेका छन् ।

नवलपरासी पूर्व कावासोती १५ गोडारमा थारु महिलाहरूको समूहले एक करोड रुपैयाँको लागतमा होटल व्यवसाय संचालनमा ल्याएका छन् ।

‘थारु सांस्कृतिक अतिथि गृह’ नाम दिईएको यो होटल स्थानीय थारु समुदायका महिलाहरूले संचालनमा ल्याएका हुन् । थारु महिला समूहमा आबद्ध २९ जना महिला मिलेर होटल संचालन गरेका हुन् ।

कावासोती १५ थारु समुदायको बाहुल्यता रहेको क्षेत्र हो । नारायणी नदी नजिकै पर्ने भएकाले यहाँका महिलाहरू फुर्सदको समयमा माछा मार्ने र खेतीपातीमै व्यस्त हुन्थे । तर, पछिल्लो समय उनीहरू संगठित भएर आत्मनिर्भर हुन थालेका छन् ।

थारु संग्रहालयका लागि दुई विगाहा क्षेत्रफल भएको जमिन भाडामा लिइएको छ । जसभित्र थारु समुदायको परम्परागत संस्कृति झल्कने ६ वटा घर (कटेज) निर्माण गरिएका छन् । जसमा दुई\दुई वटा कोठा छन् । एउटा कोठामा २ जना सुत्न मिल्छ ।

संग्रहालयमै एउटा सांस्कृतिक भवन समेत छ । भवनमा विभिन्न सभा सम्मलेन तथा कार्यक्रमहरू आयोजना गर्न मिल्नेछ । भने संग्रहालयमा आउने पाहुनाहरूका लागि थारु संस्कृति झल्कने नृत्य (लाठी नाथ, झम्टा नाच) पनि प्रस्तुत गरिने छ ।

यस्तै प्रत्येक कोठा तथा होटल परिसरमा थारु संस्कृति झल्कने माटोको जा“तो, चुल्हो, डेहरी, भाँडाकुँडा समेत सजाएर राखिएको छ । यस्तै ‘भ्यू टावर’ समेत निर्माण गरिएको छ ।

यस होटलमा थारु समुदायका खानाका परिकार चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हा“सको मासु र माछाका परिकार मुख्य परिकारहरू बनाइने होटलकी व्यवस्थापक तथा समूहकी अध्यक्ष देउकुमारी मुखियाले महिला खबरलाई जानकारी दिईन् ।

यस्तै भिलेजवाक, बयलगाडा सफारी, जंगलवाक, साईकल टुर, जीप सफारी, जंगल सफारी, बोटिङ्ग, पोखरीमा फिसिङ्ग, र थारु संघ्रालयको अवलोकन जस्ता मनोरञ्नात्मक सेवा सुविधा समेत होटलले प्रदान गर्ने मुखियाले बताईन् । होटलमा समूह कै ५ जना महिलाहरूले रोजगार समेत पाएका छन ।

समूहकी अध्यक्ष मुखियाले महिलाहरूले पनि व्यवसाय गर्न सक्छन् र आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने उदाहरण बन्न आफूहरूले होटल संचालन गरेको बताइन् । ‘समूहमा बचत गर्दै आईरहेका थियौं सोही बचत मार्फत् केही गर्नुपछ । जसले संस्कृतिको पनि संरक्षण होस्, आत्मनिर्भर पनि हुन सकियोस् भन्ने छलफल चल्यो र हामीले होटल संचालन गर्ने निधो ग¥र्यौ’ मुखियाले भनिन् ।

‘अमलटारी होम स्टे’ ले फेरिएको मुहार

नारायणी नदी किनार, मध्यवर्ती क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले यो क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा पनि महत्वपूर्ण छ । यसै वडाको बागखोरमा ‘अमलटारी होम स्टे’ संचालनमा आएपछि मात्रै यस गाउँको मुहार फेरिएको हो । होम स्टे स्थापना भएसँगै यहा आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत वृद्धि भएको छ ।

आदिवासी अल्पसंख्यक तथा सिमान्तकृत समुदाय थारु, माझी बोटे, मुसहर समुदायले संचालन गरेको होस स्टे संचालन पछि स्थानीयको आय श्रोत मात्रै माथी उठेको छैन, सोच र विचारमा समेत सकारात्मक परिवर्तन आएको छ ।

कुनै समय घरबाट बाहिर ननिस्कने महिलाहरू अहिले अङ्गेजी सिकेर विदेशी पाहुनाहरूसँग सामान्य अङ्गेजी समेत बोल्न सक्ने भएका छन् । महिलाहरूले नै होम स्टे सम्हालेका छन् । जसको कारण अहिले गाउँ आसपासका अन्य समुदायका महिलाहरूमा पनि केहि गर्नुपर्छ भन्ने आ“ट र हिम्मत आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: