छोरी जन्माएको भन्दै १३ वर्षकी किशोरी घर निकाला


प्रकाशित मिति :2018-05-13 13:26:51

–महिला खबर–

सुनसरी । छोरी जन्माएको निहुँमा सुनसरीमा एक हप्ता नपुगेकी सुत्केरी घर निकाला भएकी छन् । सुत्केरी भएको करिब तीन दिनमै छोरी जन्माएको भन्दै १३ वर्षकी सुत्केरी ममता मरिक घर निकाला भएकी हुन् ।

गत वर्ष १२ वर्षकै उमेरमा ममताका आमाबुबाले सिराहामा उनको बालविवाह गरिदिएका थिए । अहिले १३ वर्षकी ममता मरिक यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।

छोरी जन्माएको निहुँमा परिवारले घर निकाला गरे पछि आमासँगै नवजात शिशुको समेत बिचल्ली भएको हो । घर निकाला पश्चात आफूलाई कोही चिनजानका व्यक्तिले अस्पतालमा छोडेर गएको उनले बताएकी छिन् । तर अस्पतालमा छोडेर जाने व्यक्ति को हुन् भन्ने बारेमा उनले बोलेकी छैनन् ।

चार दिन पहिले सुनसरीको इनरुवा अस्पतालमा भर्ना भएकी ममताकी छोरी समेत कुपोषित छ । शिशुलाई हेरचाह गरिदिने अरु कोही हैन । ममतालाई मातृत्व के हो त परको कुरा, आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन । स्तनपान गराउनै जान्दिनन् । शिशु कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनी पूर्णतः अनभिज्ञ छिन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा नवजात छोरी कुपोषित छिन् । कलिलो उमेरमा सन्तान जन्माएका कारण आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् ।

एक वर्ष अघि सिराहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी हुन् । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिनुका साथै खान लाउन नदिई तिरस्कारसँगै घर निकाला गरेको बताइन् ।

ममताले आफूलाई श्रीमान् सहित परिवारका सदस्यले ‘तँ पनि गैहाल, तेरो छोरी पनि लिएर जा’ भन्दै घरबाट लखेटेको बताइन् । परिवारबाट हेला र यातनासँगै घर निकाला भए पछि माइतीको शरणमा पुगेकी ममताको माइती पक्षको आर्थिक अवस्था झनै दयनीय भएको थाहा भएको छ ।

प्राप्त जानकारी अनुसार ममताका बुबा ढोगाई मरिक बनिबुतो गरी पेट गुजारा गर्दै आएका छन् ।

आमा र शिशुको हेरचाह र खान पिन तथा उपचार गराउन सक्ने अवस्था ढोगाई मरिकको नरहेको थाहा भएको छ ।

अस्पतालका अनुसार ममतालाई रगतको अभाव, मुटुको समस्या छ । ममता मात्र हैन कुपोषित शिशु समेत बाँच्छन्् बाँच्दैैनन् भन्ने अन्यौल रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आमा र शिशु दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको भए पनि डिस्चार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ । अस्पतालले भर्ना भएदेखि नै आमा र शिशुको उपचार निशुल्क गर्दै आएको जनाएको छ । आफू र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी ममताले आफूलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: