‘रक्सी खाएको लोग्नेलाई थुनाउँदा पैसा तिर्दाको हैरानी’


प्रकाशित मिति :2018-05-11 15:41:37

–महिला खबर

ललितपुर । बैतडीकी तारा भट्ट (४५) लाई सँधैको हैरानी छ । दुःखले कमाएको पैसा श्रीमानले रक्सीमा उडाउँछन् । घरमा सँधैको अशान्ति । रक्सीले मातेर दुःख दिने श्रीमानलाई कारबाहीको लागि प्रहरीलाई गुहारिरहनुपर्छ । तर त्यो कारबाही पनि महँगो छ ।

रक्सीले मातेका श्रीमानलाई एकरात हिरासतमा राखेबापत प्रहरीले एक हजार रुपैयाँ जरिबाना स्वरुप तिर्नुपर्छ । ‘श्रीमानले मातेर दुःख दिए भनेर प्रहरीलाई बोलाउनु अघि थैलीमा पैसा जुटाउनुपर्छ’ बैतडीको पाटन नगरपालिका ६ की ताराले दुखेसो पोखिन, ‘रक्सी खाएको मान्छेसँग पैसा हुँदैन, त्यस्तो मान्छेलाई एकदिन भन्दा बढी थुन्न पनि मिल्दैन भन्छ र जरिबाना असुलेर छोडिदिन्छ ।’

४३ वर्षीया कमला कठायतको पिरको कथा बेग्लै छ । उनी एकल महिला हुन् । श्रीमानको निधन पछि सासू र देवरले अंश दिएनन् । मजदुरी गरेर पेट पालो गरिरहेकी उनी भन्छिन् ‘विधवालाई अंश भाग लाग्दैन भनेर मलाई केही दिएका छैनन् ।’

१९ वर्षे सावित्री चन्दलाई पुरुषसँग बोलेको भनेर घरबाट यतिसम्म हेलाँ भयो कि उनी जन्मघरमा बस्न समेत सकिनन् । ‘इजा बाबाका साथमी बस्सु नपायालै भउत ननिको लागन्छी’(बुबाआमासँग बस्न नपाउँदा निकै दुख लागेको छ) बैतडीको पाटनस्थित सुरक्षा आवास गृहमा शरण लिएकी उनी स्थानीय लवजमा भन्छिन्, ‘मुईलाई बेच्चाकी लेखा लै खोज्यो, भागीवरै बाँच्या (मलाई बेच्न पनि खोज्यो, भागेर बचे)।’

बैतडीको पाटन नगरपालिकामा छायाङ्कन गरिएको साप्ताहिक टेलिभिजन कार्यक्रम समकोणमा माथिका तीन महिलाले झैं स्थानीयले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई घरेलु हिंसा, छाउ प्रथा, रक्सी, बालविवाह, बहुविवाह जस्ता समस्या सुनाए ।

मुख्यमन्त्री भट्टलाई चुनाव अघि सिंहदरबारको अधिकार गाँउगाँउमा आँउछ भनेर गरेको बाचा सम्झाउँदै स्थानीय खिमानन्द भट्टले प्रश्न गरे, ‘सिंहदरबारको अधिकार होइन, हाम्रा गाँउघरमा त चुनाव पछि नक्कली घरेलु रक्सीको ओइरो लागेको छ ।’

कार्यक्रममा एकजना छात्राले छोरीहरुको विहेको साइत सानैमा आयो भन्दै ग्रामिण क्षेत्रमा बालविवाह भइरहेको समस्या उठाईन । बैतडीको डिलासैनी गाँउपालिकाकी ति छात्रा लक्ष्मी थलालले भनिन, ‘कुप्रथाका कारण बालविवाह हटाउने चुनौती बनेका छन् ।’

छलफलमा बैतडीको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले महिला हिंसाका घटना रोक्ने प्रतिवद्धता व्यक्त गर्दै भनिन्, ‘यो नगरलाई सबैखाले हिंसामुक्त गर्ने अभियानमा हामी लाग्छौं ।’

सो अवसरमा बहुविवाहको उजुरी लिन प्रहरीले आनाकानी गरेका समस्या पनि जोडदार रुपमा उठाएका थिए भने जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन लगायतका ऐनबारेको अस्पष्टताका कारण काम गर्न कठिनाई भइरहेको बताए ।

बैतडीको पाटनमा गरिएको सो छायाङ्कनमा बैतडीका सरकारी अधिकारी, विद्यार्थी, राजनीतिक र सामाजिक क्षेत्रका अगुवा समेत करिव तीनसय सहभागी थिए ।

कार्यक्रम आज शुक्रबार बेलुका ९ बजे कान्तिपुर टिभीबाट प्रशारण हुन्छ । कार्यक्रमको प्रोमो हेर्न यहाँ क्लिक गर्नुहोला ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: