भारतको दुई कोठीबाट तीन बालिकाको उद्धार


प्रकाशित मिति :2018-04-23 13:29:06

–महिला खबर–
ललितपुर । भारतको नयाँ दिल्लीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वमा गएको टोलीले दिल्ली प्रहरीको सहयोगमा जिबी रोडमा रहेको दुई कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको हो ।

टोलीले कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको संयोजक क्षेत्रीले बताए ।

कोठीमा छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाइएको र तीन जना मात्र फेला परेको संयोजक क्षेत्रीको भनाई छ । उद्धार गरिएका बालिकालाई नयाँ दिल्लीमा रहेका नारी निकेतनमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया सकिएपछि बालिकालाई नेपाल ल्याइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: