प्रहरीले नै छ्यापे महिलालाई एसिड


प्रकाशित मिति :2018-04-23 11:07:13

–महिला खबर–

ललितपुर । चितवनमा ट्राफिक प्रहरीले नै महिलामाथि एसिड छ्यापेका छन् । गोरखा घर भई भरतपुर महानगरपालिका ४, त्रिचोकमा डेरा गरि बस्ने कल्पना श्रेष्ठलाई इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले आइतबार बेलुका एसिड छ्यापेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभू ढकालका अनुसार भित्री सडकमा हिँडिरहेको बेला खनियाँले श्रेष्ठमाथि एसिड छ्यापेका हुन् । एडिस लागेर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनको अनुहार, शरीरको अगाडिको भाग र खुट्टामा एसिडले जलेको उनले बताए । डिएसपी ढकालका अनुसार घाइते कल्पनाको अवस्था सामान्य छ ।

प्रहरीले आइतबार नै एसिड छ्याप्ने खनियालाई नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक बयानका क्रममा खनियाले आन्तरिक बिबादका कारण एसिड छ्यापेको बताएका ढकालले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: