महिला स्वास्थ्यकर्मीको दुर्दशा


प्रकाशित मिति :2018-04-22 17:17:55

ललितपुर । पाकिस्तानमा एक लाख २५ हजार महिला स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । उनीहरुलाई धम्की, शारीरिक दुर्व्यवहार र बेतलबी काम नै जीवन रहेछ भन्ने लाग्न थालेको छ ।

२० करोड ७० लाख जनसंख्या भएको दक्षिण एशियाली देश पाकिस्तान, जुन विश्वका तीन देशहरु अफगानिस्तान र नाइजेरिया पछिको एक हो । जहाँ सम्भावित घातक पोलियो भाइरस फैलिरहेको छ ।

सन् २०१७ मा पाकिस्तानका पाँच जिल्लाहरुमा पोलियोका ५ घटना रिर्पोट भएका थिए, जुन सन् २०१४ मा ४३ जिल्लाका ३ सय ६ घटना भन्दा धेरै नै कम हो ।

तर यो आँकडालाई नाटकीय रुपमा तल झार्न धेरै हदसम्म जिम्मेवार ती स्वास्थ्यकर्मी महिलाहरुको काम सुरक्षित र आकर्षक छैन । यसै वर्षको शुरुतिर दक्षिण पश्चिम शहर क्वेटामा पोलियो खोप चलाइरहेका बेला एक आक्रमणमा दुई महिला स्वास्थ्यकर्मीको हत्या भयो ।

आफ्नै घर भित्रै सीमित महिलाहरुलाई प्राथमिक स्वास्थ्यमा पहुँच पुर्याउन र बच्चाहरुको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गर्न पाकिस्तानमा सन् १९९३ मा महिला स्वास्थ्यकर्मी कार्यक्रम शुरु गरिएको थियो । यसै स्वास्थ्य कार्यक्रमको अङ्गको रुपमा अहिले एक लाख पच्चिस हजार महिला नियुक्त छन् ।

महिलाहरु एकदमै कठोर परिस्थतीमा रहेर काम गर्छन् । रुढिवादी समाजमा तिनीहरु गैर–ईस्लामिक काम गरेको ठानेर प्रायजसो स्थानीय नेताहरुबाट अपमानित हुन्छन् ।

उनीहरुका श्रीमानहरु र बाबुहरुले कामको बिरोध गर्छन्, किनकी तिनीहरुले अपरिचित मानिसको घरमा गएर काम गर्नुपर्छ ।

स्वास्थ्यकर्मी महिलाका दैनिकी

रुक्साना एक अधबैंशे महिला स्वास्थ्यकर्मी हुन्, जो सुरक्षाको कारण आफ्नो थर बताउन चाहन्नन् । उनी कराँचीको दक्षिण शहरको निम्न मध्यम वर्गीय छिमेकको अख्तर कोलोनीमा बस्छिन् ।

रुक्साना बस चढेर प्रत्यक घर घरमा गएर महिलाहरुलाई जन्मनिरोध सम्बन्धी परामर्श, बच्चाहरुलाई खोप र रोग रोकथामका लागि प्राथमिक स्वास्थ्य सम्बन्धी सल्लाह दिन्छिन् ।

प्रत्यक महिना उनी झण्डै १ सय ५० घरका एक हजार पाँच सय जनासम्म मानिसलाई भेट्छिन् ।

अन्तर्राष्ट्रिय सार्वजनिक सेवाले महिला स्वास्थ्यकर्मीले सामना गर्ने समस्यामा गरेको अनुसन्धानमा रुक्सानाले बताए जस्तै अनियमित तलब, लैङ्गिक दुव्र्यवहार, व्यक्तिगत सुरक्षाको कमजोर अवस्था, खोप कार्यक्रममा खटिएको बेला अपर्याप्त सुरक्षा, साथै उनीहरुले सामना गर्नुपर्ने ज्यान मार्ने धम्की समेटिएका थिए ।

अनुसन्धानमा संलग्न मिर जुल्फीकर अलीले भनिन्, ‘झन्डै ९० प्रतिशत महिला स्वास्थ्यकर्मीको आफ्नै तलबमा नियन्त्रण छैन ।’

रुक्समना दक्ष मेडिकल ल्याब टेक्निसिएन हुन् । उनले छोरा जन्मिनु अगाडिसम्म सो काम गरिनन् । ‘मैले छोराका लागि काम छाडेँ । जब मेरो छोरो चार वर्षको पुग्यो, मैले महिला स्वास्थ्यकर्मीको रुपमा काम शुरु गरेँ ताकि छोराको फिस तिर्न सकुँ र काम गर्ने समयावधी पनि खुकुलो होस्’ उनले भनिन् ।

उनका पूर्व श्रीमान जागिरका लागि कहिल्यै सक्षम भएनन् । त्यसैले अनियमित रुपमा आउने उनको तलब महिनाको झन्डै १ सय २५ डलर नै उनको घर खर्च थियो ।

रुक्साना ४५ डलर तिरेर भाडाको घरमा बस्छिन् । ‘म छिमेकमा उपस्थित रहिरहनु पर्छ । कुनै पनि बेला महिलाहरु मलाई भेट्न वा गर्भनिरोधक औषधी लिन अथवा प्राथमिक उपचारका लागि आउन सक्छन्’ उनले बताईन् ।

काममा खतरा

शारीरिक हिंसा र यौनजन्य दुव्र्यवहार महिला स्वास्थ्यकर्मीका सबै भन्दा बढि समस्या हुन् । ती मध्ये अधिकांश देशभर चल्ने पोलियो निर्मूल गर्नेे अभियानका बेला निशानामा पर्छन् । सन् २०११ मा लाहोरमा भएको प्रदर्शनका बेला प्रहरीसँगको झडपमा एक स्वास्थ्यकर्मीको मृत्यु भयो ।

यी महिलाहरु अरु सरकारी कर्मचारीहरुले जस्तै आफ्ना समस्याहरु खुला रुपमा छलफल गर्दैनन् । किनकी पुरुषहरुबाट धम्की आउने वा यौन दुर्व्यवहार हुने वा जागिरबाटै निकालिने उनीहरुलाई डर छ ।

सन् २०१२ मा हजारौं महिला स्वास्थ्यकर्मीले तलबको माग गर्दै देशभर बिरोध प्रदर्शन गरे ।

उक्त घटनामा सरकारले लाठीचार्ज गर्यो र थप नियन्त्रणका लागि गोलि समेत प्रहार गर्यो । घटनाले उग्र रुप लियो र अन्ततः पाकिस्तानका मुख्य न्यायाधीशले महिला स्वास्थ्यकर्मीहरुलाई स्थायी सरकारी कर्मचारी बनाउन र नियमित तलब दिन निर्देशन दिए ।

अदालतले निर्देशन दिएको भएता पनि बिरलै मात्रले समयमा तलब पाउँछन् । ‘हामीले तीन, चार वा छ महिना पछि मात्र तलब पाउँछौ । जसले मासिक खर्च चलाउन एकदमै गाह्रो हुन्छ’ रिहानाले भनिन् । जो कमाइले छोरीको कलेज शुल्क पनि तिर्छिन् ।

अर्की स्वास्थ्यकर्मी नसरा भन्छिन्, ‘हामी महिलाहरुलाई पहिलो बच्चा नजन्मिएसम्म गर्भ निरोधक चक्कीको बारेमा भन्न सक्दैनौं । हामी अविभावकहरुलाई छोरीहरुको बिहे १८ वर्ष अघि नगर्न भन्न सक्दैनौं । किनकी यस्तो कुरा हाम्रो समाजमा स्वीकार गरिदैंन । यदि हामीले भन्यौ भने तिनीहरु हाम्रो बिरुद्ध लाग्छन् र हामीलाई तिनीहरुको छोरीहरुलाई भ्रष्ट बनाएको आरोप लगाउँछन् ।’

अबोत्ताबादमा संयूक्त राज्य अमेरिकाद्वारा निर्देशित सैनिक कारबाहीमा ओसामा बिन लादेन मारिएको एक वर्ष पश्चात सन् २०१२ मा एक स्थानीय डाक्टर राज्यद्रोहको दोषी पाइए । किनकी उनले हेपाटाइटिस खोप दिने बहानामा बिन लादेनको परिवारको डिएनए नमुना संकलन गरे ।

यस घटनाले पोलियो खोपकर्मी र स्वास्थ्य सम्बन्धी गतिविधिहरु विरुद्व हिंसाका घटना बढायो ।

धार्मिक नेताहरुबाट मस्जिदहरुमा पोलियो बिरुद्व भाषण प्रसारित भए । पोलियो थोपालाई ‘हराम’ वर्गिकरण गरियो र धर्मको नाममा मार्ने काम भयो भनियो ।

समुदायमा जाँदा

‘खोप कार्य र गर्भ निरोधक चक्कीको प्रोत्साहनका लागि जाँदा कतिपय मानिसहरुले ढोका खोल्दैनन् र हामीलाई ‘अमेरीकी एजेन्ट’ भन्छन्’ नसराले भनिन् ।

नसराले थपिन् – ‘केहि मानिसहरु बच्चालाई खोप लगाउने बहानामा महिला स्वास्थ्यकर्मीहरुलाई तिनीहरुको घर भित्र बोलाउँछन् र यौन दुर्व्यवहार गर्छन् ।’

‘जब हामीलाई अर्को क्षेत्रमा पठाइन्छ त्यहाँ हामी नौला हुन्छौ । मानिसहरु हामीलाई शंकाले हेर्छन् र दुव्र्यवहार गर्छन्’ रिहानाले भनिन् ।

‘महिला स्वास्थ्यकर्मीले सामना गर्ने समस्यामा पाकिस्तानको पुरुष प्रधान समाज जिम्मेवार छ’ रुक्शानाले भनिन्, ‘यो पुरुषहरुको संसार हो । कसैले पनि महिलाको वास्ता गर्दैन ।’

साभार : अलजजीरा

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: